चीनले एक कप ‘बादलको बिउ’ प्रयोग गरेर पार्यो ३० स्विमिङ पुल भरिने पानी

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

चीनले एक कप सिल्भर आयोडाएड पाउडर (बादलको बिउ) प्रयोग गरेर ३० वटा स्विमिङ पुल भरि पानी पारेको दावी गरेको छ।

सिनजियाङको सुख्खा पश्चिमी क्षेत्रमा गरिएको मौसम परिमार्जन प्रयोगको नतिजा सार्वजनिक गर्दै चीनका सरकारी वैज्ञानिकहरूले त्यस्तो दावी गरेको भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

क्लाउड सिडिङ (कृत्रिम बादल बनाउनु) गर्ने ड्रोनहरूको एक समूहले दिनमा आठ हजार वर्ग किलोमिटर भन्दा बढी क्षेत्रमा चार प्रतिशतभन्दा धेरै वर्षा गराएको सो परियोजनाका प्रमुख र चाइना मेटियोरोजिकल एडमिनिस्ट्रेशन (सीएमए) का वरिष्ठ इन्जिनियर ली बिनले बताए।

जिल्ला वन डोटी

सो प्रयोगले ७० हजार घनमिटर अतिरिक्त वर्षा उत्पन्न गरेको छ। त्यो ३० वटा ओलम्पिक आकारको साढे छ फिट गहिरो स्विमिङ पुल भर्न पुग्ने पानी हो। त्यति पानी पार्न एक किलो सिल्भर आयोडाइड प्रयोग गरिएको थियो। त्यति सिल्भर आयोडाइड पाउडर एक सामान्य कप भरिन्छ।

सो प्रयोगबारे चिनियाँ भाषाको जर्नल डेजर्ट एन्ड ओएसिस मेटियोरोजीमा प्रकाशित गरिएको थियो।

सो जर्नलका अनुसार, ९ जुलाई, २०२३ मा मध्यम आकारका दुई ड्रोन पाँच हजार पाँच सय मिटरको उचाइमा उडेर सिनजियाङ प्रान्तको बायानबुलाक घाँसे मैदानमा सिल्भर आयोडाइड खसालेका थिए। हरेक ड्रोनले एक पटकमा १२५ ग्राम सिल्भर आयोडाइड खसाल्ने भएकाले ती दुई ड्रोनले एक किलो सिल्भर आयोडाइड खसाल्न लगातार चार उडान गरेका थिए।

त्यति सिल्भर आयोडाएड पाउडर खसाल्दा ७० हजार घनमिटर अतिरिक्त वर्षा भएको थियो।

चीनमा चरम खडेरीले करिब ३० करोड मानिसलाई प्रभावित गर्छ। त्यसले कृषि उत्पादनमा ठूलो असर पार्ने भएकाले चीनले कृत्रिम बादल बनाएर (क्लाउड सिडिङ गरेर) पानी पार्ने प्रयोग गरिरहेको छ। -setopati.com बाट

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.