
डोटी – देउडा संस्कृति संरक्षण प्रतिष्ठान डोटीको अध्यक्षमा रोहित कुमार बोहरा सर्वसम्मतरूपमा चयन भएका छन्। प्रतिष्ठानको प्रथम साधारणसभा तथा अधिवेशनले बोहराको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिमा आगामी दुई वर्षका लागि उपाध्यक्षमा निर्मला ताम्राकार, सचिवमा शान्ति महत जाग्री र कोषाध्यक्षमा कल्पना ओली चयन भएका छन्। यस्तै, सदस्यहरूमा राजेन्द्रप्रसाद ओझा, पवित्रा खत्री, पुनी कोली, शारदा ओझा, खेमराज जोशी, मैना बोहरा, महामती शाहु, पार्वती थापा र तुलसीधर बोहरा रहेका छन्।

प्रतिष्ठानले सल्लाहकार समिति पनि गठन गरेको छ। समितिको संयोजकमा पत्रकार तथा कलाकार झलक पाली ‘झरना’ चयन भएका छन् भने सदस्यहरूमा दल बहादुर साउँद, दिलमाया मल्ल, शुशिलराज जोशी, रामदत्त भट्टराई, लक्ष्मी बोगटी र बसन्ती ओझा रहेका छन्।
साधारणसभा तथा अधिवेशन कार्यक्रम जोरायल गाउँपालिका–३, रावतकट्टेमा रहेको रत्न आधारभूत विद्यालयमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष दल बहादुर साउँदले सभाध्यक्षता गरेका थिए भने केन्द्रीय वरिष्ठ सदस्य दल बहादुर मल्ल प्रमुख अतिथिको रूपमा सहभागी थिए।
कार्यक्रममा जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, प्रतिष्ठानका संस्थापक ज्ञानेन्द्र अविरल क्षेत्री, केन्द्रीय सदस्य अङ्गद विश्वकर्मा, कार्यसमिति तथा आजीवन सदस्यहरू र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।



