कृषियन्त्र मर्मतसम्बन्धी तीन दिने तालिम सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डडेल्धुरा-नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (PMAMP), परियोजना कार्यान्वयन इकाई (PIU) डडेल्धुराको आयोजनामा तीन दिने कृषियन्त्र मर्मतसम्बन्धी तालिम आइतबार समापन भएको छ। तालिम जेठ ९ गतेदेखि डडेल्धुराको तुफानडाँडास्थित आर.सि.टी. इन्जिनियरिङ्ग वर्कसपमा सञ्चालन भएको थियो।

जिल्ला वन डोटी

समापन कार्यक्रमको अध्यक्षता परियोजना प्रमुख पिताम्बर बस्नेतले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारी, तथा विशिष्ट अतिथिहरूमा कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरु, पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंह, लगाएतको उपस्थिति रहेको थियो।

तालिममा डोटी र डडेल्धुराका १५ जना कृषि उद्यमीहरूको सहभागीता रहेको थियो । ३ दिन सम्म संचालन भएको तालिमका मुख्य प्रशिक्षक आर.सि.टी.ईन्जिनियरिङ्ग वर्कसपका भुवन जोशी रहनुभएको थियो ।

तालिममा सहभागीहरूले मिनिटिलरको इन्जिन खोल्ने, मर्मत गर्ने, गियरबक्स खोल्ने र जडान गर्ने, नयाँ मिनिटिलर फिट गर्ने, सर्भिसिङ गर्ने जस्ता महत्वपूर्ण सीपहरू सिकेका परियोजना कार्यान्वयन इकाई कार्यालयले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.