बुडरमा पहिलो खुल्ला जोडी ब्याडमिन्टन प्रतियोगिता जारी

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी, जेठ १७ – ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ बुडर स्पोर्ट्स क्लबको आयोजनामा प्रथम बुडरस्तरीय खुल्ला जोडी ब्याडमिन्टन प्रतियोगिता जोरायल गाउँपालिका–२, रामपुर माध्यमिक विद्यालयको ब्याडमिन्टन कोर्ट (कुमारी बैंक, बुडर अगाडि) मा जारी छ।

प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ। लिग चरणका सबै खेलहरू सम्पन्न भइसकेका छन्। तीमध्येबाट टिम पी.के, टिम सुशील, टिम पुष्प र टिम सुप्रिया सेमिफाइनल चरणमा प्रवेश गरेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

आयोजकका अनुसार सेमिफाइनल खेलहरू जेठ १७ गते साँझ ५ बजेदेखि सुरु हुनेछन् भने फाइनल खेल जेठ १८ गते साँझ ५ बजेका लागि तोकिएको छ।

प्रतियोगितालाई सफल बनाउन स्थानीय व्यवसायीहरूले उल्लेखनीय सहयोग गरेका छन्। पुष्प जनरल स्टोर, जोरायल डेलिसियस होटल, एन्जल इलेक्ट्रोनिक एन्ड मोबाइल सप्लायर्स, सन्तोष सपिङ सेन्टर, के.आर. मोबाइल ग्यालरी, भागेश्वर होटल र सुप्रिया सपिङ सेन्टर प्रतियोगिताका मुख्य प्रायोजक हुन्। त्यस्तैलर्ड बुद्ध मिडिया प्रा.लि. मिडिया पार्टनरको रूपमा संलग्न रहेको छ।

बुडर स्पोर्ट्स क्लबका अनुसार यो प्रतियोगिता डोटीको दक्षिणी भेगमा पहिलोपटक आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिता हो। यसले स्थानीय युवाहरूमा खेलकुदप्रतिको रुचि र सहभागिता बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.