बुडरमा सञ्चालित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनल आज

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

बुडर, डोटी – बुडर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालित प्रथम बुडरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न सेमिफाइनल खेलहरूमा टिम सुशील र टिम सुप्रिया विजयी हुँदै फाइनल प्रवेश गरेका छन्।

पहिलो सेमिफाइनल खेलमा टिम सुशीलले टिम पि.के.लाई सोझो २–० सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको छ। त्यसैगरी दोस्रो सेमिफाइनलमा टिम सुप्रियाले टिम पुष्पलाई २–१ को संघर्षपूर्ण सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

प्रतियोगितामा टिम सुप्रियालाई सुप्रिया सपिङ्ग सेन्टर बुडरले र टिम सुशीललाई सुशील किराना पसल, रामपुर गेट बुडरले प्रायोजन गरेका छन्।

जिल्ला वन डोटी

तेस्रो स्थानका लागि भएको खेलमा टिम पि.के.ले टिम पुष्पलाई २–१ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको छ। टिम पि.के.लाई पिपल चौतारी गेस्ट हाउस र केआर मोबाइल ग्यालरीले प्रायोजन गरेका थिए भने टिम पुष्पलाई पुष्प जनरल स्टोर बुडरले प्रायोजन गरेको थियो।

फाइनल खेल आज साँझ ५ बजे रामपुर मा.वि.को ब्याडमिन्टन कोर्ट (कुमारी बैंक लिमिटेड) बुडरमा हुने जानकारी खेल संयोजक अमृत कलेलले दिएका छन्।

फाइनलसँगै आज विविध सांस्कृतिक कार्यक्रम सहित समापन कार्यक्रम समेत हुने भएकाले खेलप्रेमी जनसमुदायलाई उपस्थितिका लागि अपिल गरिएको छ। बुडर स्पोर्ट्स क्लबका अध्यक्ष कश्मीर सिजापतिले जनाएअनुसार समापन कार्यक्रममा स्थानीय स्तरमा लोकप्रिय कलाकारहरूको प्रस्तुति पनि समावेश गरिनेछ।

प्रतियोगितालाई पुष्प जनरल स्टोर, भागेश्वर होटल बुडर, जोरायल डेलिसियस होटल बुडर, केआर मोबाइल ग्यालरी बुडर, सन्तोष सपिङ्ग सेन्टर बुडर, सुप्रिया सपिङ्ग सेन्टर बुडर र एन्जल इलेक्ट्रोनिक एन्ड मोबाइल सप्लायर्सले प्रायोजन गरेका छन्।

खेल अवधिभर प्रायोजक संस्थाहरूबाट सेवा लिँदा तथा सामग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको जानकारी आयोजक टिमले दिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.