टिम सुशिल प्रथम बुडर स्तरीय खुला जोडि ब्याडमिन्टन प्रतियोगितामा विजेता

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी, बुडर — बुडर स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न प्रथम बुडर स्तरीय खुला जोडि ब्याडमिन्टन प्रतियोगितामा टिम सुशिल (रामबहादुर जेठारा र बिरेन्द्र शाहु) विजेता बनेको छ।बिहिवार रामपुर माध्यमिक विद्यालयको कोर्टमा भएको फाइनल खेलमा उनले टिम सुप्रिया (दिपक जोशी र दिनेश साउद) लाई ३-१ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे।

जिल्ला वन डोटी

प्रतियोगितामा टिम पुष्पका चन्द्रबहादुर मल्ललाई उत्कृष्ट खेलाडी घोषित गरियो। खेलका विजेता र उपविजेता टिमले प्रमाणपत्रसहित नगद पुरस्कार प्राप्त गरेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितालाई पुष्प जनरल स्टोर, भागेश्वर होटल, सुप्रिया सपिङ सेन्टर, एन्जल इलेक्ट्रोनिक्स, जोरायल डेलिसियस होटल, सन्तोष सपिङ सेन्टर र केआर मोबाइल ग्यालरी बुडरले प्रायोजन गरेका थिए।

समापन कार्यक्रम बुडर स्पोर्ट्स क्लबका अध्यक्ष कश्मिर सिजापतिको अध्यक्षतामा तथा जोरायल गाउँपालिका–२ का वडाध्यक्ष वीरबहादुर दर्लामीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा आयोजकले सहयोगी दाताहरुलाई सम्मानपत्रद्वारा सम्मानित गरेको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.