Cdo doti

पिरतिमा बिछोड …

Ganupalika janapratinidi new
Karmachari jorayal ga paa shubhakaman

✍️खडक मल्ल (जोरायल गाउँपालिका १ डोटी )

गोगन घाँस पिने घाँस , घाँस पन घाँसै हो ।
बौलो माया झल्का दिनु , मायाँजाल पासै हो ।।
बैरागी बैरागी रैछ , मल्ला गाउँ को रिठे ।
जै ठौर दुर बचन लगाई , उसै ठौर भिटे ।।

Unicef sandesh

चिट्ठि को जमना थियो , चिट्ठिभित्र मायाँ ।
तो टिपि कैले ब लैग्यो , मायाँ भयो छायाँ ।।
जोरायल बास्मती धान , लेक परी लेले हो ।
तेरो मेरो गैलो मायाँ , भुलाउनु केले हो ।।

सुन्तला चिरे र खानु  , नुन खानु पिसेर ।
नौलो मायाँ नौलई हुन्छ , पुरानो मिसेर ।।
कुमरी सैगडी गाण , परिबग्दो मिनो ।
त छुटी अरुका कोल , रुमाल रयो चिनो ।।

Gaupalilka sandesh shubhakamana

भट्ट मकै भुटी खया , नुन पन लाइ हाल्या ।
दुःख बिमार केईन लागौ , म जसो पाई हाल्या ।।
पारिका देखिने के हुन्छ , सुकिला मेल हुन्छ की ।
तेरो मेरो बिछोड गर्ने , भगवान का खेल हुन्छ की ।।

तली गोल्ला मथी हाट , उईमाथी जात होली ।
ओमेरी कुञ्जिकिफुल अइल त काँहोली ।।
साउन पछी भदौ आयो , संगै छ गमरा ।
फाटो टालो लगाई राख्नु , पैरनु जमरा ।।

रातो टिको सिर सिन्दुर , फेटा कम्मर कस्नु ।
सुकी र सुख्यारी हुनु , सुक्यारी भै बस्नु ।।
मायाँ मा हारखाय मैले , जित हुने तेरै थ्यो ।
जे तेरा मनमा थियो , उसई बनाई दियो ।।

दिल्लिमा लायको डाको , बम्बई मा सुन्निने ।
काँ होला सागुरो बाटो , मायाँजाल उन्निने ।।
काँ होला सागुरो बाटो , मायाँजाल उन्निने ।।।

(लेखक मल्ल विभिन्न सामाजिक सेवा संगै उत्कृष्ट युवा कृषक समेत हुनुहुन्छ ।)

vetnary doti sandesh
shubhakamana ghanteshwar campus
Leave A Reply

Your email address will not be published.