हजुरआमा स्कुलमा: नाति सँगै अक्षर र अंक सिक्दै ५२ वर्षीय पार्वती

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

✍️ हेमन्त जोशी “बाजे” कैलाली

“एक, दुई, तीन मलाई त आउँदैन, के पढ् पढ् भन्ने?” नातिको यसै वाक्यले ५२ वर्षीया पार्वती कडायतलाई विद्यालयसम्म पुर्‍यायो। अहिले उनी कैलालीको गौरीगंगा नगरपालिका–६ स्थित अमर माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छन्।

घरको काम सकेर विद्यालय आउने, साना नानीहरूसँगै पंक्तिबद्ध भएर अक्षर र अंक सिक्ने पार्वती कक्षामा सबैका लागि हजुरआमा हुन्। तर उहाँको अठोट र अनुशासन भने सबै विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ।

“नातिलाई गृहकार्य गराउँदा आफूलाई अक्षरै नआउने थाहा पाएँ, अनि म पनि सिक्न विद्यालय गएँ,” पार्वती भन्छिन्। सानो उमेरमा आमाको मृत्यु, त्यसपछि बाल्यकालमै विवाह भएपछि उनका पढ्ने सपना अधुरै भएका थिए। गृहस्थीको चाप, छोराछोरीको जिम्मेवारी र समाजको दृष्टिले उनको स्कुले जीवन सम्भव भएन।

“पढ्न त मन त पहिले नै थियो, तर नातिले त्यसो नभनेको भए म अझै पनि बन जंगलमै अल्झिन्थेँ होला,” पार्वती भावुक हुँदै भन्छिन्।

जिल्ला वन डोटी

कक्षा शिक्षक नवीन बिष्टका अनुसार, पार्वतीमा सिक्ने जिज्ञासा बलियो छ। “उहाँ कक्षा २ र ३ मा राम्रो अंक ल्याएर पास हुनु भएको हो। गृहकार्य समयमा ल्याउनुहुन्छ, अक्षर पनि सफा लेख्नुहुन्छ,” बिष्टले भने।

विद्यालयको वातावरणमा पार्वतीको उपस्थिति विशेष देखिन्छ। “पानी खान जान, वा शौचालय जान पनि बिद्यार्थीहरूले हजुरआमा भनेर अनुमति माग्छन्,” बिष्ट थप्छन्।

पार्वती भन्छिन्, “अहिले इकार र आकारका मात्राहरू र केही आधा-अक्षर चिन्न बाँकी छन्, अंग्रेजी अलिक अप्ठ्यारो लाग्छ। तर पढ्न सक्ने भएपछि अरूलाई सिकाउन पनि रमाइलो लाग्छ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर कुँवर भन्छन्, “उहाँको अठोट सबैका लागि प्रेरणादायी छ। उमेर ढल्किँदैमा पढाई रोकिन्न भन्ने उदाहरण पार्वतीले प्रस्तुत गर्नुभएको छ। हामी विद्यालयमा यस्ता विद्यार्थीप्रति सम्मानपूर्वक व्यवहार गर्छौँ।”

सात वर्षदेखि एकल महिलाको जीवन बाँच्दै आएकी पार्वती अहिले घरको कामसँगै पढाईमा पनि समान ऊर्जा दिन्छिन्। “उमेरले होइन, इच्छाशक्तिले पढ्न प्रेरणा दिन्छ,” उनी भन्छिन्।

चुलो–चौकोमै सीमित जीवन बिताएकी पार्वती अहिले किताब–कापीसँग रमाउन थालेकी छिन्। उनको सपना अब एक–एक कक्षा पार गर्दै एसईई परीक्षा पास गर्ने छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.