✍️ उमेश कुमार साउद (जोरायल गाउँपालिका ३ डोटी )
जा झोला ले,जा झोला ले ,
जा झोला ले बा भन्नुहुन्छ
बालाइ होमर्क बुझा आमा भन्नुहुन्छ
पिँढीमा मकै र मोहीराख्दै औंला गन्नुहुन्छ
हिजो फेरी सरको गुनासो आको
“होमर्कनै नगर्ने” हैन तलाइ के भाको।
वाल्ल परेर हेर्नुकि हेरेर वाल्ल पर्नु
नेपाली सरको वाक्य संरचना बुझ्दिन
तैपनी वाल्ल परेर झोला हेरे
दुइ चारवटा पाना केरे
अङ्ग्रेजीको to टु र Go गो
हेर्दा उस्तै भन्दा फरकफरक
सरले भनेको To टु हुन्छ
मैले सोचे त्यसो भा Go के हुन्छ ?
विज्ञान सरले H2o बाट पानी बन्छ भनेको ,
सरकारले खानेपानीमा लाखौ खर्च लाग्छ भनेको
किन खानेपानी मन्त्रि बनाउने , अरवौ खन्याउने, गाउँनै जलमग्न बनाउने
खैत सर H2o खानेपानी धारा बनेको ?
गणित त्यस्तै(a+b)2=a2+2ab+b2
स्क्वायरले दोब्बर बनाउने
दिमागमा शुत्रै शुत्र खनाउने
हिसावै नजाने टाउको कनाउने
सर तपाइ नै भन्दिनुस् हजारको नोट कसरी दोब्बर बनाउने?
सामाजिक र नैतीक सरमा कसले भनेको मान्ने ,
एकजना समाजमा मिलेर बस् भन्नुहुन्छ
अर्को समाजको जातिगत भिन्नता लेख् भन्नुहुन्छ
बोल्दा अघिपछि देख भन्नुहुन्छ
आफ्नै खुट्टामा टेक भन्नुहुन्छ
लौराले भुइ कोतार्दै खन्नुहुन्छ
तैपनि धुरन्धर सर बन्नुहुन्छ
डरले अघिनै सातो उडिसक्छ
खुट्टाले टेक्नुकि हात खुट्टाले
अझै आफ्नै खुट्टाले टेक भन्नुहुन्छ ।
बा ले नि लौरो देखाउनुहुन्छ
आमाले दाउरो देखाउनुहुन्छ
जसरी पनि घुँडा टेकाउनुहुन्छ
सिगान फेकाउनुहुन्छ
समाजमा रबाफ बेकाउनुहुन्छ
लाजैमर्दो पारिस् भन्दै होमर्क लेखाउनुहुन्छ
कपाल कोर्नुहुन्छ, टाइ जोर्नुहुन्छ
झोला बोकाउनुहुन्छ,ब्रस टोकाउनुहुन्छ
टिफिन पकाउनुहुन्छ, सुजपालिस लगाउनुहुन्छ
माया गरेर हो वा सान मान बचाउनहो सवै आफै गरेको
अझै भन्नुहुन्छ, किनस्कुल नमरेको ?
शारीरिक पढाउने सरले भन्नुहुन्छ
भकुन्डालाइ खुट्टाले हिर्काउ
घरि भन्नुहुन्छ हातले हिर्काउ
भकुन्डो जालि नजिक नफाल
घरि भन्नुहुन्छ जाली बाइर नहाल
आज सम्म थाहा पाइन
भकुण्डोलाइ खुट्टाले खेल्ने कि हातले
फिङ्गरले हान्नेकि लातले
अलमलबाटै निस्कन सकेको छैन
र त खेल तिर लाग्न सकेकोछैन
डरले सरबाट भाग्न सकेकोछैन ।
बाले भनेको बन्नुकि आमाले भनेको
साथीले भनेको बन्नुकि गुरुले भनेको
गीत सुने गीतकार बनुजस्तो, कथा सुने कथाकार
सरकारको कुरा सुन्दा झन लाग्ने अपार
डक्टर पाइलट ईन्जिनियर मात्र सबैले ताक्ने
घरखेत शाहुलाइ बुझाउने र आश्रमतिर लाग्ने
गुरु भन्दिनुस् अव (a+b)2 सिकेर कता कता भाग्ने
म म बन्न चाहान्छु तर झोलाले च्यापिएकोछु
कितावको झोला, रहरको झोला, आसाको झोला, अध्यारोबाट निस्कने पुलिन्दा बोकेको झोला , बाको रहरको झोला , आमाको शहरको झोला , प्रेमीको पाहुरको झोला, देशको ऋणको झोला आदि आदि
गुरु भन्दिनुस अव मेरो भविष्य के होला ?
धन भएकाले के हुने
मन भएकाले के हुने
दुवै नभएको म झन के हुने ?
सिक्न नसकेको हो या सिकाउन
केहि त थियो होला म भित्र
झिक्न नसकेको होकि झिकाउन
कामै लाग्दैनस् भन्नुहुन्छ सवै अचेल मलाइ
म बिक्न नसकेको हो या विकाउन
भन्छन बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन
अब भन्नुस गुरु म सिक्न सक्छु कि सिक्दैन
म बोलेर सिकु या सिकेर बोलु
म जानेर गरौ या सिकेर गरौ
म गरेर जानौ या जानेर गरौ
दुविधामै जिउ या दुविधामै मरौ ।
गुरु भन्दिनुस म सिक्छुकि सिक्दैन
म बिक्छुकि बिक्दैन ????????????
(लेखक रत्न आ वि जोरायल ३ रातकट्टेका प्रधानाध्यापक समेत हुनुहुन्छ )