डोटीमा एसइई २०८१ टपर कञ्चन पाली, दोस्रो निराजन बलायर, तेस्रो वैभव कार्की

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी, असार १४ – माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय, सिलगढीकी छात्रा कञ्चन पालीले ३.९६ जीपीए प्राप्त गर्दै डोटी जिल्लाको टपर बन्न सफल भएकी छन्। शिक्षा विकास तथा समन्वय इकाइ डोटीका निमित्त प्रमुख ममता पालका अनुसार, जोरायल गाउँपालिका–४, बिनोडा निवासी पालीले जिल्लाको शैक्षिक इतिहासमै उदाहरणीय सफलता हासिल गरेकी हुन्।

जिल्ला वन डोटी

विद्यालयका प्रधानाध्यापक केशव ओझाले कञ्चनको सफलता विद्यालयको मात्र नभई सम्पूर्ण जिल्लाका लागि प्रेरणादायी रहेको बताए। उनका अनुसार, निरन्तर मेहनत, नियमित अनुशासन र पारिवारिक समर्थनले उक्त उपलब्धिमा भूमिका खेलेको हो।

एसइई २०८१ मा राधाकृष्ण माध्यमिक विद्यालय, गोपघाटका निराजन बलायरले ३.९२ जीपीए प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गरेका छन् भने केदारेश्वर माध्यमिक विद्यालय, कपल्लेका वैभव कार्कीले ३.९० जीपीएसहित तेस्रो स्थान हासिल गरेका छन्।

गत चैत्र ७ गतेदेखि सञ्चालन भएको एसइई परीक्षामा डोटी जिल्लाबाट नियमिततर्फ ३,०३५ जना, शैक्षिक सत्र २०७८/७९ अघि ग्रेडवृद्धितर्फ १९ जना र सत्र २०८० को ग्रेडवृद्धितर्फ १,०२१ जना परीक्षार्थी सहभागी भएका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.