जोरायल गाउँपालिकामा ‘प्रथम जोरायल आइडल २०८२’ सम्पन्न

पुन्ना तालिम केन्द्र

डोटी — जोरायल गाउँपालिका डोटीको आयोजनामा सञ्चालित ‘प्रथम जोरायल आइडल २०८२’ कार्यक्रम शनिबार श्री रामपुर माध्यमिक विद्यालय, बुडरमा सम्पन्न भएको छ।

प्रतियोगितामा पालिकाका ११ वटा माध्यमिक विद्यालयबाट छानिएका विद्यार्थीहरू सहभागी भएका थिए। गायन र नृत्य विधामा प्रतिस्पर्धा गरिएको कार्यक्रममा गायनतर्फ गौरीशंकर माध्यमिक विद्यालय गैराकी गौरी बोहरा प्रथम तथा घण्टेश्वर माध्यमिक विद्यालय जोरायलकी चित्रा थापा द्वितीय घोषित भए।

जिल्ला वन डोटी

त्यस्तै नृत्यतर्फ गौरीशंकर माध्यमिक विद्यालय गैराकी पवित्रा ओलीले प्रथम स्थान हासिल गरिन् भने रामपुर माध्यमिक विद्यालय बुडरकी हरिना थापा उपविजेता घोषित भइन्।

कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, पालिका कर्मचारी लगायत सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले यस्ता सिर्जनात्मक तथा प्रतिभा अभिव्यक्तिका कार्यक्रमहरू विद्यार्थीको आत्मविश्वास अभिवृद्धि गर्न सहयोगी हुने बताउँदै आगामी दिनहरूमा अझ स्तरीय र व्यापक सहभागिता सुनिश्चित हुने गरी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘प्रथम जोरायल आइडल २०८२’ मार्फत विद्यार्थीहरूमा लुकेका प्रतिभालाई उजागर गर्न सफल भएको पालिकाले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.