गौरीगंगा नगरपालिकाद्वारा कृषकलाई यान्त्रिक उपकरण वितरण

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

हेमन्त बाजे, चौमाला, कैलाली
गौरीगंगा नगरपालिकाले ‘नगर प्रमुख कृषि आधुनिकीकरण पकेट विकास कार्यक्रम’ अन्तर्गत कृषकहरूलाई आधुनिक कृषि उपकरण तथा सामाग्री वितरण गरेको छ।

नगरपालिकाको कृषि शाखाद्वारा आयोजित कार्यक्रममा नगर क्षेत्रभित्रका कृषक समूह र सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा विभिन्न यान्त्रिक सामग्री प्रदान गरिएको हो। वितरण सामग्रीमा २२ HP का ११ थान पावर टिलर, ९ HP का ३ थान मिनिटिलर, ४ थान रिपर, २ HP का ९ थान र १.५ HP का ४ थान सिँचाइ मोटर, ४ इन्चका ४७५ के.जि. र ५ इन्चका १२५ के.जि. सिँचाइ पाइप तथा १६ लिटर क्षमताका ३ थान स्प्रे टंकी समावेश छन्।

कृषि शाखा प्रमुख विनोद चौधरीका अनुसार कृषि क्षेत्रको यान्त्रिकिकरण र आधुनिकीकरणलाई प्रवर्द्धन गर्न उक्त सामग्री वितरण गरिएको हो।

जिल्ला वन डोटी

कार्यक्रममा बोल्दै नगर प्रमुख देबिदत्त कँडेलले कृषिलाई प्राथमिकतामा राखेर नीति बनाइरहेको बताउँदै कृषिमा लागत घटाएर उत्पादन वृद्धि गर्ने उद्देश्यले यान्त्रिक उपकरण अनुदानमा प्रदान गरिएको बताए। “कृषिमा निरन्तर सुधारका लागि हामीले किसानमैत्री योजनाहरू अगाडि सारेका छौँ,” उनले भने।

नगर उप–प्रमुख भोजबहादुर बमले किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कृषि उपकरण वितरण गरिएको बताए। उनले कृषिमा युवाको आकर्षण बढाउन र देशभित्रै रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा गौरीगंगा–१ का वडा अध्यक्ष डबल दियाकोटी, नगर स्तरीय मेलमिलाप केन्द्रका संयोजक हेमन्तराज जोशी (बाजे), विभिन्न कृषक समूह तथा सहकारी संस्थाका अध्यक्षहरू, प्रतिनिधि र कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कृषि सामग्री प्राप्त भएपछि सहभागी कृषकहरूले खुशी व्यक्त गरेका छन्। यसअघि पनि गौरीगंगा नगरपालिकाले कृषकलाई विभिन्न कृषि यन्त्र उपकरणहरू वितरण गर्दै आएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.