माटोको कारण सडक चिप्लो, यात्रु र चालक सास्तीमा

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डडेल्धुरा — धनगढी–डडेल्धुरा भिमदत्त राजमार्ग अन्तर्गतको घण्टेश्वर–हगुल्टे सडक खण्डमा माटोको कारण सडक चिप्लो बनेपछि दैनिक यात्रु र सवारी चालकहरू सास्तीमा परेका छन्। पहिले कालोपत्रे भएको सडक खोलेर नयाँ कालोपत्रे गर्ने तयारी भए पनि निर्माण व्यवसायीले समयमै काम नसक्दा समस्या देखिएको हो।

जिल्ला वन डोटी

निर्माणको क्रममा माटो मात्र बिछ्याएर काम अधुरो छाडिएको उक्त सडक खण्डमा हालको वर्षायामसँगै बिछ्याइएको माटो चिप्लो र हिलाम्मे बनेको छ। यसले गर्दा गाडीहरू फस्ने, चिप्लिने र जाममा पर्ने घटना बारम्बार भइरहेका छन्।

सवारी चालकहरूका अनुसार हरेक दिन चिप्लो सडकका कारण जाममा बस्नुपरेको छ भने उकालो–ओरालोमा सवारी नियन्त्रण गुमाउने अवस्था समेत आइरहेको छ। “जताततै माटो, त्यस माथि पानी परेपछि झन् चिप्लो, यस्तो हालतमा गाडी चलाउनु त जोखिम र सास्ती हो,” एक चालकले गुनासो गरे।

यो बटो भएर यात्रा गर्ने सवारीचालकले निर्माण व्यवसायी र नियमन गर्ने सम्बन्धित निकायप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले समयमै काम सम्पन्न गरी सडकलाई यथाशक्य चाँडो सुधार गर्न माग गरेका छन्। भिमदत्त राजमार्गको यो मुख्य खण्डबाट दैनिक हजारौँ सवारी साधन आवतजावत गर्ने गरेको र यात्रामा असाध्यै कठिनाई भएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.