SEE 2081 का उत्कृष्ट बिद्यालय र विद्यार्थीहरू सम्मानित

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

डोटी, असार २३
डोटीमा यस वर्षको माध्यामिक शिक्षा परीक्षा (SEE), २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ डोटीको आयोजना र सामुदायिक विकास केन्द्र (CDC) डोटीको सहकार्यमा सोमबार सिलगढीमा एक कार्यक्रम आयोजना गर्दै सम्मान प्रदान गरिएको हो।

२०७३ सालदेखि SEE परीक्षा सुरु भएयता जिल्लामा पहिलो र दोस्रो स्थान ल्याउने विद्यार्थीलाई मात्र सम्मान गरिँदै आएको थियो। तर यो वर्षदेखि नयाँ अभ्यासको थालनी गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई समेत सम्मान गरियो।

सम्मानित विद्यालयहरूमा सिताराम मावि उच्चाकोट, सुजङ इङ्लिस बोर्डिङ स्कुल राजपुर, दिपायल एकेडेमी दिपायल र खप्तड इङ्लिस बोर्डिङ स्कुल दिपायल रहेका छन्।

जिल्ला वन डोटी

विद्यार्थीतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउनेहरूमध्ये पद्म पब्लिक मुक्तिनारायण मावि सिलगढीबाट कञ्चन पाली, भागरती एकेडेमी सिलगढीबाट अरुण भण्डारी, सुजङ इङ्लिस बोर्डिङ स्कुल राजपुरबाट प्राश्ना देउबा र राधाकृष्ण मावि गोपघाटबाट निराजन बलायरले सम्मान प्राप्त गरेका हुन्।

शिक्षा विकास तथा समन्वय इकाइ डोटीका प्रमुख भीम पनेरूका अनुसार यो वर्ष अघिल्ला वर्षको तुलनामा जिल्लाको समग्र नतिजा सन्तोषजनक रहेकोले विद्यालय र विद्यार्थी दुवैलाई प्रमाणपत्र र दुबोको मालाले सम्मान गरिएको हो।

कार्यक्रममा CDC डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले विद्यालयहरू केवल आफ्नै सीमाभित्र सीमित नभई अन्य विद्यालयहरूसँग पनि अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए। “अब शिक्षामा परिवर्तन ल्याउन फरक ढंगले काम गर्नुपर्ने समय आएको छ,” उनले भने।

जिल्ला शिक्षा समन्वय समितिका अध्यक्ष लक्ष्मण बहादुर सिंहले पालिकाहरूले शिक्षालाई पर्याप्त प्राथमिकता नदिएको गुनासो गरे। उनले परीक्षा केन्द्र व्यवस्थापनमा सुधार ल्याउने प्रस्ताव अघि सार्दै भने, “अब प्रत्येक विद्यार्थीलाई आफ्नै विद्यालयमा परीक्षा केन्द्र र शिक्षकहरूलाई अन्य विद्यालयमा खटाउने व्यवस्था गर्नुपर्नेछ।”

कार्यक्रमले जिल्लाभरका सरोकारवाला निकायको ध्यान शिक्षामा अझ सुधार ल्याउनेतर्फ केन्द्रित गराउने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.