
अत्तरिया, असार २४
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्म जयन्तीको अवसरमा अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयद्वारा गोदावरी नगर स्तरीय कक्षा ९ र १० का विद्यार्थीहरूबीच कविता प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिता आगामी असार २९ गते अत्तरियामा हुने छ। आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. २,१००, द्वितीयलाई रु. १,६००, तृतीयलाई रु. १,१०० र एक जनालाई सान्त्वना पुरस्कारस्वरूप रु. ६०० प्रदान गरिने छ। साथै, सबै विजयीलाई प्रमाणपत्र पनि प्रदान गरिनेछ।
प्रतियोगितामा गोदावरी नगरपालिका भित्रका माध्यमिक तह (कक्षा ९ र १०) मा अध्ययनरत विद्यार्थीहरुले भाग लिन सक्नेछन्। इच्छुक सहभागीहरूले आफ्नो मौलिक कविता यही असार २७ गते दिउँसो १ बजेभित्र पुस्तकालयको कार्यालयमा वा इमेल ([email protected]) मार्फत पठाइसक्नुपर्ने आयोजकले जनाएका छन्।
प्रतिभा सामुदायिक पुस्तकालयका संयोजक राजबहादुर कडायतका अनुसार, कविता पठाएका विद्यार्थीहरूले असार २९ गते कार्यक्रम स्थलमा स्वयम् उपस्थित भई आफ्नो कविता वाचन गर्नुपर्नेछ। आयोजक समिति सदस्य हेमन्तराज जोशी (बाजे) ले कार्यक्रममा उपस्थित भएर कविता प्रस्तुत गर्न सबै सहभागीलाई आग्रह गर्नुभएको छ।



