साउने सङ्क्रान्तीको महिमा

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

लेखक -देवेन्द्र दत्त भट्ट
शिक्षक, सुजङ्ग स्कुल , राजपुर डोटी
सुदूरपश्चिम प्रदेशमा साउन सङ्क्रान्तीलाई महत्वपूर्ण मौलिक पर्वको रुपमा लिइन्छ ।यस दिनलाई हरल्याई सकराँत भन्ने गरिन्छ ।असार महिना सकिएसँगै किसानहरुले प्रा:य खेती किसानीको काम सकिसकेको हुन्छ । विशेष गरि मकै , भट्टमास , धान , कोदो , बाजुर , कौन आदि अनाजहरु रोपी सकेको हुन्छ ।

यस कारण यस दिन खेतबारीको सुरक्षाकालागि हरेलो राख्ने चलन रही आएको छ । बालीनालिमा रोगव्याधी नलागोस , किरा फटयांग्रा , मुसा , नलागोस भन्ने उद्देश्यले हरेलो ( मेलको हाँगा ) हाल्ने चलन आएको हो । यसदिन घरको मूलढोकामाथि हरेलो ( कुरिल्लोको हाँगा ) राख्ने चलन छ ।हरेलो राख्ने भएकाले आजको दिनलाई हरल्याई सकराँत भनिएको हो ।बालीपिच्छे हरेलो हालिन्छ ।
हरेलो लगाउँदा बालबालिकाहरु एउटा बाल लोकगीत गाउने गर्दछन ।

” ठुला ठुला गणि खेत नान्नाना खाउँ
माल झिजिरकाँणी कै बाटा जाउँ ”
यसरी यो गित गाउदै हरेलो गाडेको पनि पाइन्छ ।
हरेलो हाल्दा घरभित्र आँखा नलाग्ने , कुदृष्टी नपर्ने , आँशुरी शक्तिको नाश हुने भनाई समेत रहेको पाइन्छ
झिजिर काँणो अर्थात कुरिल्लो विशेष आयुर्वेदिक औषधि  पनि हो ।

जिल्ला वन डोटी

साउन महिना भरी घर र मन्दिरहरुमा दीप प्रज्वलन गरिन्छ । गाउँ-घारमा बाजा बजाउने , भगवानको आराधना गर्ने , समकृतन गर्ने , पूजापाठ गर्ने गरिन्छ ।

आजको दिनलाई लुतो फाल्ने दिनकारुपमा पनि मानिन्छ । वैशाख , जेठ र असारको गर्मी गर्मीले गर्दा शारीरिक समस्या आएको हुन्छ । यसको समाधानकोलागि तित्तेपाती दलेर आँङमा लगाउँदा जीउमा कुनै प्रकारको एलर्जी नहुने र शरीर फूर्तिलो बन्ने विश्वास गरिन्छ ।

साउन महिनालाई कालो महिना पनि भन्ने चलन रहि आएको छ । विशेषगरी यो महिनामा वर्षात हुने , हुस्सु लाग्ने र अँधेरो हुने भएका कारण कालो महिना भनिएको हुनुपर्दछ । यो समयमा देवी देवता कैशाल जाने जनविश्वास रहिआएको छ ।

साउन महिनामा विवाह गरेको पहिलो वर्ष नव विवाहित दम्पत्ती सँगै बस्नु नहुने  धारणा समाजमा रहेको छ । यो महिना आफ्नो श्रीमान श्रीमतीले एक अर्काको समिपमा बस्नु नहुने , हेर्नू नहुने हुँदा नव विवाहित वधुलाई माइतमा पठाईन्छ । भाद्र सङ्क्रान्तीको दिनदेखी बोलाउने चलन पनि रहेको छ ।यसरी बोलाउन जाँदा ओल्को लग्ने चलन छ । पाकेको केरा , सेलरोटी आदि ओल्को लग्ने चलन छ ।

महिलाहरुले हरियो लुगा लगाउने , हरियो जुरा , पोते लगाउने गरे पनि यसको शास्त्रीय मान्यता भने रहेको छैन । यो पर्वको बजारीकरण भएको संकेत हो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.