डोटीका निरज नेपाल आइडल सिजन–६ को टप–१० मा

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी-
डोटीको दिपायल सिलगढी नगरपालिका–४ निवासी १८ वर्षीय निरज विश्वकर्मा नेपाल आइडल सिजन–६ को टप–१० मा प्रवेश गर्न सफल भएका छन्। सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै आइरहेका निरजले आफ्नो उत्कृष्ट गायन क्षमताद्वारा निर्णायक र दर्शकको मन जित्दै उत्कृष्ट दस प्रतियोगीमा स्थान सुरक्षित गरेका हुन्।

शुक्रबार साँझ प्रशारण भएको एपिसोडमा टप–१० को घोषणा भएसँगै निरजले ‘अठोट खबर’सँग प्रतिक्रिया दिँदै सुदूरपश्चिमबाट प्राप्त माया, साथ र समर्थनले आफूलाई अझ हौसला मिलेको बताए। उनका पिता प्रताप विश्वकर्मा छोरा निरजको यस उपलब्धिले अत्यन्त खुसी व्यक्त गरेका छन्।

जिल्ला वन डोटी

सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका निरजले आत्मविश्वासका साथ प्रस्तुति दिँदै आएका छन्। उनी निरन्तर मेहनतका साथ अगाडि बढिरहेका छन् र सामाजिक सञ्जालमार्फत सबैलाई भोट गर्न अपिल गरिरहेका छन्।

उनलाई जिताउनका लागि भोटिङ कोड Ni–09 प्रयोग गर्नुपर्नेछ।नेपाल भित्रबाट eSewa एप प्रयोग गरी भोट गर्न सकिन्छ भने विदेशबाट MoMo एपमार्फत भोट दिन सकिन्छ। साथै, NTC र NCELL दुवै सिमबाट Ni–09 टाइप गरी 37000 मा SMS पठाएर पनि भोट गर्न सकिनेछ।

उनको यो सफलता सुदूरपश्चिमको मात्र नभई सम्पूर्ण नेपाली युवा प्रतिभाका लागि प्रेरणादायी बनेको छ। नेपाल आइडलको ट्रफी डोटीमै ल्याउने लक्ष्यसहित अघि बढिरहेका निरजलाई जिताउन सबैले निरन्तर भोट गर्न अपिल गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.