गीतकार नवीन कुमार शाहीको ‘कसम’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी — लेखक तथा गीतकार नवीन कुमार शाहीको शब्द सिर्जना रहेको ‘कसम’ बोलको नयाँ गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको छ।

सौगात जंग थापाको सङ्गीतमा तयार गरिएको उक्त गीतमा गायिका बेनिशा पौडेल र गायक रञ्जन राईले स्वर दिएका छन् भने गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्।

जिल्ला वन डोटी

गीतको म्युजिक भिडियो दिनेश ठकुल्लाले निर्देशन गरेका छन्। भिडियोमा स्वस्तिका थापा र दिनेश काजी साबले अभिनय गरेका छन्। नृत्य निर्देशन सञ्जु नेगिले गरेका छन् भने भिडियोलाई योदिन योन्जनले खिचेका हुन्। सम्पादन राकेश कुमारको रहेको छ।

दर्जनौं गीतमार्फत श्रोतामाझ पहिचान बनाएका गीतकार शाहीले यसअघि ‘किन किन’ र ‘हजुरैको हुकुम’ जस्ता गीतका म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।

‘कसम’ बोलको गीतको म्युजिक भिडियो गीतकार शाहीकै आधिकारिक युट्युब च्यानल @nabinkshahi मार्फत हेर्न सकिनेछ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.