डोटीमा हरितालिका तिज सन्देशसहित महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी । हिन्दु नारीहरूको महान पर्व हरितालिका तिज भगवान शिव र पार्वतीको मिलनसँग ऐतिहासिक रूपमा सम्बन्धित मानिन्छ । परम्पराअनुसार देवी पार्वतीले कठोर व्रत बसेर भगवान शिवलाई वर पाएकी थिइन् । सोही स्मरणमा अविवाहित महिलाले योग्य वर पाउने र विवाहित महिलाले दाम्पत्य जीवनको सुख–समृद्धि र दीर्घायुका लागि व्रत बसेर तिज मनाउने परम्परा आजसम्म चलिआएको छ ।

जिल्ला वन डोटी

यसै अवसरमा शिखर नगरपालिका, डोटीको आयोजनामा र दलित महिला संघ (फेडो) को सहकार्यमा “परम्परा, संस्कृति र सचेतना हाम्रो पहिचान, हाम्रो अभियान : लैंगिक समानता, जातीय भेदभाव न्यूनीकरण र महिला सशक्तिकरण” भन्ने मूल नारासहित विशेष महिला सशक्तिकरण तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी महिलाहरूलाई लैंगिक हिंसा, घरेलु हिंसा, मनोसामाजिक परामर्श, कानुनी उपचार सेवा प्राप्त गर्ने तरिका लगायतका विषयमा जानकारी गराइएको थियो । साथै शिखर नगरपालिकाले महिला अधिकारका क्षेत्रमा गरेका कार्यहरू प्रस्तुत गरिएको र समुदायका महिलाहरू, विशेषगरी दलित महिलाहरूका समस्या, चुनौती र अपेक्षाहरू सुन्ने उद्देश्यले खुला छलफल समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिर्घ बलायर तथा विशिष्ट अतिथि उपप्रमुख सुनिता रावल जोरालगायत जनप्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै लैंगिक समानता, जातीय भेदभाव अन्त्य र महिला सशक्तिकरणका लागि निरन्तर साथ र प्रतिवद्धता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.