एशियन लाइफ इन्स्योरेन्सको तिज विशेष कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

डोटी । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय डोटीले शुक्रबार तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

शाखा कार्यालय दिपायलले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने १० जना अभिकर्ता तथा साउन महिनामा सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्ताहरुलाई विशेष सम्मान गरेको हो। कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई प्रमाणपत्रसहित सम्मान गरिनुका साथै आगामी दिनमा अझ उच्च व्यवसायिक सफलता हासिल गर्न प्रेरित गरिएको थियो।

जिल्ला वन डोटी

कार्यक्रममा उत्कृष्ट अभिकर्ता जित बहादुर साउँदले बीमा व्यवसाय आफैंमा जीवन सुरक्षासँग सम्बन्धित मात्र नभई अरुलाई समेत सुरक्षित जीवन दिन सहयोग गर्ने परोपकारी कार्य भएको बताउँदै, अभिकर्ताहरुले यसलाई अझ जिम्मेवारीपूर्वक अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे।

त्यसैगरी शाखा प्रमुख केशव बहादुर विष्टले उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै मेहनत र प्रतिबद्धताले मात्र व्यवसायिक उपलब्धि सम्भव हुने बताउँदै, आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न सबैलाई आह्वान गरे। उनले शाखा कार्यालयले ग्राहकमैत्री सेवा विस्तार गर्दै अभिकर्ताहरुको भूमिका अझ सशक्त बनाउन निरन्तर साथ दिने प्रतिवद्धता समेत जनाए।

कार्यक्रमको अर्को आकर्षण महिलाको महान पर्व हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको दर खाने कार्यक्रम रह्यो। उक्त अवसरमा अभिकर्ता तथा कर्मचारीहरुले तिज गीत र परम्परागत देउडा गीतमा नाचगान गर्दै रमाइलो गरेका थिए।

समग्रमा, सम्मान र सांस्कृतिक कार्यक्रम समेटेर सम्पन्न गरिएको यस कार्यक्रममा शाखा कार्यालयका कर्मचारी, अभिकर्ता, महिलाहरु तथा स्थानीयहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.