तेस्रो दिल्पेश्वर क्रिकेट लिग (DCL-3) असोज ६ गतेदेखि

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

डोटी । दिल्पेश्वर स्पोर्ट्स क्लव दिपायल, डोटीले आयोजना गर्ने तेस्रो दिल्पेश्वर क्रिकेट लिग (DCL-3) आगामी असोज ६ गतेदेखि दिपायलस्थित दिल्पेश्वर खेलमैदान मठमा सुरु हुने भएको छ।

दशैँ–तिहारलाई लक्षित गर्दै हरेक वर्ष आयोजना हुने यो प्रतियोगिता यसपटक पनि करिब ६ दिनसम्म सञ्चालन हुने क्लवले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। कार्यक्रममा बोल्दै क्लवका कार्यवाहक अध्यक्ष तथा प्रवक्ता रामभक्त सुनारले प्रतियोगिताबारे विस्तृत जानकारी दिँदै टिम दर्ता शुल्क रु. ७ हजार तोकिएको र प्रथम हुने टिमले नगद रु. १ लाख११ हजार१सय११ सहित ट्रफी, द्वितीय हुने टिमले रु. ५१हजार१सय११ सहित ट्रफी प्राप्त गर्ने बताए।

जिल्ला वन डोटी

त्यसैगरी म्यान अफ द म्याचलाई रु. ५ सय, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई रु. २/२हजार , प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु. ३हजार५ सय प्रदान गरिने छ। साथै सबैभन्दा बढी विकेट लिने र सबैभन्दा बढी रन बनाउने खेलाडीलाई विशेष क्याप प्रदान गरिनेछ।

यसअघि पुरुष क्रिकेट र पुरुष भलिबल प्रतियोगिताका दुई–दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको क्लवले यसपटक DCL-3 मा स्थानीय खेलाडीहरूको मनोबल स्तरोन्नति, खेल प्रतिभा विकास र क्रिकेट संस्कारलाई सबल बनाउन विशेष जोड दिएको प्रवक्ता सुनारले बताए। उनका अनुसार जिल्लाबाहिरका पाँच खेलाडी र जिल्लाभित्रका छ खेलाडी समायोजन गर्न सकिने व्यवस्था गरिएको छ।

वि.सं. २०८० मा स्थापना भएको क्लवले छोटो समयमै खेलकुद आयोजनामा पहिचान बनाउन सफल भएको छ। यसपटक DCL-3 मा खेलसँगै स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रचार–प्रसार गर्ने उद्देश्यले देउडा, हुड्केली, पुतला नृत्यलगायतका सांस्कृतिक प्रस्तुति सहित मेला पनि आयोजना हुने भएको छ। साथै राजपुरस्थित सुजङ अस्पतालको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुने क्लवले जनाएको छ।

प्रतियोगिताको अनुमानित लागत करिब रु. ५ लाख ५०हजार रहनेछ भने खर्च टिम दर्ता शुल्क, मुख्य प्रायोजक, सह–प्रायोजक, सहयोगी तथा शुभचिन्तकहरूको योगदानबाट व्यवस्थापन गरिने प्रवक्ता सुनारले बताए। उनका अनुसार अघिल्ला प्रतियोगिताहरू सरकारी–गैरसरकारी संस्था तथा देश–विदेशका सहयोगी दाताको साथमा सफलतापूर्वक सम्पन्न भएका थिए। आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा गरिएको उनले बताए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.