
हेमन्त बाजे
बनबेहडा ,कैलाली ।
एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनबेहडा शाखाले हरितालिका तिजको अवसरमा शुभकामना तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता शाखाकी महिला सदस्य कृष्णा खडकाले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य बाटुदेवी बिक रहनु भएको थियो भने विशिष्ट अतिथिमा सहकारी संस्थाका केन्द्रीय अध्यक्ष सुरत बहादुर बोगटी र हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) उपस्थित रहनुभयो। त्यस्तै, सामाजिक अभियन्ता लछ्मी बोगटी कुँवर, आधारभूत स्वास्थ्य केन्द्र प्रमुख गणेश राज उपाध्याय, प्रतिभा महिला समूहकी अध्यक्ष बिमला बम कुँवर लगायतको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

बोल्ने वक्ताहरुले तिज पर्वको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले नेपाली संस्कृतिको निरन्तरता र संरक्षणमा योगदान पुर्याउने धारणा राखे। सोही अवसरमा महिलाहरुले विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए।
स्थापना कालदेखि नै महिलाको क्षेत्रमा सक्रिय सहकारी संस्थाले महिलालाई विभिन्न सीपमूलक तालिम, सहकारी शिक्षा तालिम तथा नेतृत्व विकाससम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा राधा वलिले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन शाखा प्रमुख चक्रजित रावलले गर्नुभएको थियो।



