चौमालामा 7A-SIDE फुटबल प्रतियोगिता सुरु

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

हेमन्त बाजे
चौमाला कैलाली , असोज ०५

चौमाला स्पोर्ट्स क्लब चौमालाको आयोजनामा तथा सिराज इन्टरनेसनल प्रा.लि.को मुख्य प्रायोजनमा “खेल विकासको आधार, खेल प्रशिक्षण हाम्रो अधिकार” भन्ने मूल नाराका साथ चौमाला 7A-SIDE फुटबल प्रतियोगिता सुरु भएको छ।

क्लबका अध्यक्ष रमेश सिगालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा गौरीगंगा नगरपालिका–२ का वडा अध्यक्ष जनक साँउद प्रमुख अतिथि तथा युवा समाजसेवी नारायण चन्द र केसर सिं बोहरा  विशिष्ट अतिथि रहनुभएको थियो।

जिल्ला वन डोटी

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँउदले शुभ दीपावलीको अवसरमा आयोजना गरिएको प्रतियोगिताले सबैमा शान्ति, सद्भाव र मित्रता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले खेलकुदले आपसी मित्रता मात्र होइन, शारीरिक रूपमा पनि लाभ पुग्ने भएकाले वडाबाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, संघ–संस्थाका प्रतिनिधि, खेलप्रेमी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

शनिबार भएको खेलमा रायजिङ पावर युथ क्लब र सनसाइन युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सनसाइन युथ क्लबले २–० को विजयी नतिजा हात पार्‍यो। खेलका शिशिर केसी ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगिता अन्तर्गत आइतबार दिउँसो २:३० बजे बेताल युवा क्लब र चरिडाँडा क्लब, दिउँसो ३:३० बजे पटेला स्मार्ट क्लब र भिपेरा क्लब, र दिउँसो ४:३० बजे चौमाला स्पोर्ट्स क्लब सेतो र बेलि युवा क्लबबीच खेल हुने कार्यक्रम सचिव नवीन चन्दले जानकारी दिनुभयो।

प्रतियोगितामा विजयी क्लबलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने क्लबलाई नगद २५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले नगद १० हजार , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै प्रतियोगिता भरि उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा विशेष पुरस्कार दिइने सचिव चन्दले जानकारी दिनुभयो।

चौमाला खेलमैदानमा जारी यस प्रतियोगितामा २३ टिम सहभागी रहेका छन्। प्रतियोगिता असोज १३ गतेसम्म निरन्तर सञ्चालन हुने क्लबले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.