स्व. चित्र मडै स्मृति पेनाल्टी शुटआउट प्रतियोगिता पाँचौं संस्करणमा, क्लबद्वारा टीम दर्ता खुला

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी — रोयल जोरायल क्लबले यस वर्ष पनि स्व. चित्र मडै स्मृति पेनाल्टी शुटआउट प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले प्रतियोगिताको पाँचौं संस्करणका लागि टीम दर्ता खुला गर्दै आधिकारिक सूचना सार्वजनिक गरेको छ।

प्रतियोगिता जोरायल गाउँपालिका–४ स्थित घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा आगामी कार्तिक ४ गतेदेखि सुरु हुने छ। क्लबका महासचिव अनिलकुमार कठायतका अनुसार प्रतियोगितामा जोरायल गाउँपालिकाका ६ वटै वडाका टिमहरू मात्र सहभागी हुन पाउनेछन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

प्रतियोगितामा प्रथम हुने टिमले रु. २१ हजार , ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले रु. ११ हजार नगद पुरस्कार पाउने क्लबले जनाएको छ।

महासचिव कठायतका अनुसार, “खेलकुदमार्फत युवाहरूमा अनुशासन, एकता र आपसी सद्भाव बढाउँदै समाजमा सकारात्मक सन्देश फैलाउने तथा जोरायलका जुझारु युवा स्व. चित्र मडैको स्मृतिलाई जिवन्त राख्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।”

रोयल जोरायल क्लबले विगत पाँच वर्षदेखि निरन्तर रूपमा यस प्रतियोगिता आयोजना गर्दै आएको छ। क्लबले खेलकुदलाई युवा सहभागिता, सामाजिक एकता र समुदायिक उत्साह बढाउने माध्यमका रूपमा लिँदै स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्दै आएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.