नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै ‘सुपर सिक्स’मा स्थान पक्का

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

ओमानमा जारी सन् २०२६ को टी–२० विश्वकप क्रिकेटको एशिया तथा पूर्वी एशिया–प्यासिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेको हो।

जिल्ला वन डोटी

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले जापानलाई निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रनमा रोक्‍यो। नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै जापानी ब्याट्सम्यानहरूलाई खुला रूपमा खेल्न नदिए।

पोषण खाजा सम्बन्धि सन्देश

१३२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक रन जोडे।

यसअघि पहिलो खेलमा नेपालले कुवेतलाई हराएको थियो। त्यस्तै, समूह चरणको अर्को खेलमा जापानले पनि कुवेतलाई पराजित गरेको हुँदा नेपाल र जापान दुवै टोली ‘सुपर सिक्स’मा प्रवेश गर्न सफल भएका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.