रोहितको अर्धशतक र सन्दीपको पाँच विकेटले नेपाललाई शानदार जित

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

ओमानको अल अमेरातमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्रीय छनोट अन्तर्गत सुपर सिक्स चरणको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।

नेपालको जितमा कप्तान रोहित पौडेलको अर्धशतक र स्पिनर सन्दीप लामिछानेको पाँच विकेटको जादूमय प्रदर्शन निर्णायक बनेको हो।

पोषण खाजा सम्बन्धि सन्देश

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको चुनौतीपूर्ण योगफल बनायो। कप्तान रोहितले ४१ बलमा ५८ रन (७ चौका र १ छक्का) प्रहार गरे। उनीसँगै दीपेन्द्र सिंह ऐरीले २६ रनको योगदान दिए।

नेपालले ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई सस्तामा गुमाए पनि, चौथो विकेटका लागि रोहित र दीपेन्द्रबीच ६२ रनको महत्त्वपूर्ण साझेदारी भयो। अन्त्यतिर गुल्सन झा र सोमपाल कामीले तेज ब्याटिङ गर्दै टोलीको स्कोर १४७ सम्म पुर्‍याए। कतारका बलर मिर्जा मोहम्मद बैग र डेनियल आर्चरले समान ३–३ विकेट लिए।

जिल्ला वन डोटी

१४८ रनको लक्ष्य पछ्याएको कतारले ओपनर इमाल लियाङ्गी र जुबेर अलिको ७९ रनको उत्कृष्ट साझेदारीबाट बलियो सुरुवात गर्‍यो। लियाङ्गीले ३५ बलमा ५६ रन (५ चौका, ३ छक्का) र अलिले ५२ रन बनाए।

तर त्यसपछि नेपालको बलिङ आक्रमणले खेललाई पूर्ण रूपमा उल्टाइदियो। सन्दीप लामिछानेले लगातार विकेट लिएर खेलको मोड परिवर्तन गरे। उनले ३.५ ओभरमा मात्र १८ रन खर्चेर ५ विकेट लिए।

१३औँ ओभरमा दुई रन आउटका साथ नेपाल खेलमा फर्कियो — दीपेन्द्र सिंह ऐरी र आदिल आलमका डाइरेक्ट हिटहरूले कतारको मिडल अर्डर धराशायी बनायो। अन्तिम ओभरमा ९ रन जोगाउने जिम्मेवारी सन्दीपकै काँधमा आएको थियो, र उनले अन्तिम ओभरमै २ विकेट लिँदै नेपाललाई रोमाञ्चक जित दिलाए।

नेपालका लागि बलिङतर्फ सन्दीपले ५ विकेट, नन्दन यादवले २ विकेट र दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

यो जितसँगै नेपालले सुपर सिक्सको बलियो सुरुवात गरेको छ। अब नेपालले बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्ने तालिका रहेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.