युएईसँग नेपाल ५ विकेटले पराजित, विश्वकप लिग–२ मा लगातार दोस्रो हार

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

काठमाडौं : आइसीसी विश्वकप लिग–२ को जारी शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। युएईको आइसीसी क्रिकेट एकेडेमीमा बिहीबार सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल तयार गरेको थियो। नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

युएईका ओपनर ब्याटर आर्यान्स शर्माले शानदार ९८ रनको पारी खेल्दै टिमको जितमा महत्वपूर्ण योगदान दिए। उनले ९७ बलमा १० चौका र ३ छक्का प्रहार गरेका थिए। नेपाली बलरहरू आर्यान्स र अन्य ब्याटरहरूको साझेदारी तोड्न संघर्षरत देखिए।

युएईका अर्का ओपनर अलिशान सर्राफु ४५ रन बनाएर आउट भए भने सोयब खान खाता नखोली पभेलियन फर्किए। कप्तान राहुल चोपरा ११८ रनको योगफलमा रिटायर्ड हर्ट भए। त्यसपछि मोहम्मद वसिमलाई कुशल भुर्तेलले २६ रनमा रनआउट गरे। अन्त्यतिर ध्रुव परासर र जहिद अली क्रमशः १६ र ६ रनमा अविजित रहँदै टिमलाई जितसम्म पुर्‍याए।

जिल्ला वन डोटी

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रनको शतकीय पारी खेले। उनले इन्निङ्सलाई स्थिर पार्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याए। ओपनर आसिफ शेखले ३५ रन बनाए भने आरिफ शेखले २७ रनको योगदान दिए। आरिफले कप्तान रोहितसँग चौथो विकेटका लागि ७० रनको अर्धशतकीय साझेदारी गरे।

दीपेन्द्र सिंह ऐरीले पनि कप्तानसँग पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। ऐरी २३ रन बनाएर ४१.२ ओभरमा रनआउट भए। तल्लोक्रममा आएका गुल्सन झा शून्यमा आउट भए भने सोमपाल कामी ६ रनमा बोल्ड भए। करण केसीले १३ रन जोड्दा सन्दीप लामिछाने ३ रनमा अविजित रहे। ललित राजबंशी अन्तिम बलमा क्याच आउट भएपछि नेपाल अलआउट भयो।

बलिङतर्फ युएईका जहिद अलिले ४ विकेट लिए। जुनैद सिद्धिकीले ३ विकेट लिँदा मोहम्मद रोहिद र हैदर अलिले समान १–१ विकेट हात पारे।

नेपाल यसअघि लिग–२ अन्तर्गतको पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो। दोस्रो खेलमा पनि पराजय बेहोरेसँगै नेपाल लिगको सुरुआतमै दबाबमा परेको छ। लगातार दुई हारपछि नेपालका लागि आगामी खेल जित्न अत्यावश्यक हुनेछ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.