प्रेम नेपाली र गौरी भट्टको स्वरमा ‘आउनु जानै बन्द’ सार्वजनिक (भिडियो सहित)

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी, पुस २ । गायक तथा पत्रकार प्रेम नेपालीको नयाँ डेउडा गीत ‘आउनु जानै बन्द’ सार्वजनिक भएको छ। प्रेम नेपाली र चर्चित डेउडा गायिका गौरी भट्टको स्वरमा तयार गरिएको उक्त गीत बुधबार प्रेम नेपाली अफिसियल युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ आएको हो।

गीतका शब्द तथा संगीत प्रख्यात गीतकार–सर्जक **राजेन्द्र शाह ‘बिपी’**को रहेको छ। मधुमाला रेकर्डिङ स्टुडियोमा तयार गरिएको गीतमा श्रृङ्गार, करुणा र रौद्र रसयुक्त भावनाको सशक्त संयोजन देख्न सकिन्छ। गीतको एरेञ्ज दीपक संगम बिसीले गरेका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

भिडियोतर्फ, चर्चित निर्देशक भीम थापाको निर्देशनमा टेक बिष्ट र रेखा भट्टसहितको आकर्षक अभिनय प्रस्तुत गरिएको छ। दृश्य निर्माण खप्तड फिल्म्सले गरेको हो भने छायांकन अमृत उपाध्यायले गरेका छन्। मेकअप मेनुका साउँदको रहेको छ।

यसअघि फुलेको बाबरी फूल, रिनले प्रदेशी भया, बाडुलीका घुट्का, काँ गै रानी चडा लगायतका लोकप्रिय गीतमार्फत श्रोतामाझ परिचित प्रेम नेपालीले नयाँ गीत ‘आउनु जानै बन्द’लाई पनि माया गरिदिन सबैलाई आग्रह गरेका छन्। यस गीतले आफूलाई गायन क्षेत्रमा अझ सशक्त रूपमा स्थापित गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

भिडियो लिङ्क https://youtu.be/4vzAz0QKXPw?si=_m7SsNMzcDBrGCK4

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.