झन्डै एक बर्ष देखि नेपालमा टिकटक माथि लगाइएको प्रतिबन्ध हट्दै

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

झन्डै एक वर्षअघि प्रतिबन्ध लगाइएको टिकटक फेरि चल्ने भएको छ। सरकारले टिकटक खुला गर्ने निर्णय गरेको हो।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्बाट भने यो निर्णय हुन बाँकी छ। आज बस्ने क्याबिनेट बैठकले निर्णय गरेसँगै देशभर टिकटक सहज रुपमा चल्नेछ।

गत वर्ष असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमा प्रतिबन्ध लगाइएको थियो। सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा दायर भएका छन्।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गत मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.