साफ यु–२० च्याम्पियनसिपमा नेपालको अग्रता

पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को अन्तिम खेलको पहिलो हाफमा बंगलादेशविरुद्ध अग्रता लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २–१ को अग्रता लिएको हो। नेपालका समीर तामाङ र निराजन धामीले गोल गरे। बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए। १७औं मिनेटमै नेपालले सुरुआती अग्रता लियो।

नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई  बंगलादेशका गोलकिपरले मिडफिल्ड एरियामा आएर क्लियर गर्ने प्रयास गरेका थिए। तर, उनीले बेलैमा बल क्लियर गर्न नसक्दा समीरले खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरे। जारी प्रतियोगितामा उनको यो पहिलो गोल हो।

त्यसको दुई मिनेटपछि नै नराजन धामीले अर्को गोल थपे। अविनाश स्याङ्तानले दिएको कट पासलाई उनले वान टर्चमा जाली चुमाए। जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो। यअसघि श्रीलंकाविरुद्ध नेपाललाई जित दिलाउन उनले नै निर्णायक गोल गरेका थिए।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा मिराजुल इस्लामले बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरे। नेपालका डिफेन्डर राम थापाले मिराजुललाई बक्सभित्र बंगलादेशले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई  मिराजुलले सदुपयोग गर्दै एक गोल गरे।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.