डिभिजन सडक जनचेतनामूलक सन्देश

छ महिनामै कम गर्न छोड्यो ईन्टरनेटले , सम्झौताबाट पन्छिदै सेवा प्रदायक कम्पनी

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 

डोटीको जोरायल गाउँपालिका आधारभूत तह कक्षा १-८ सम्मका ४५ ओटा सामुदायिक विद्यालयहरुलाइ सूचना तथा संचार प्रबिधिमा जोड्ने उदेश्यले गत आर्थिक बर्षको फाल्गुन महिना देखि सुचारु 4G ब्रोडब्याण्ड इन्टरनेट सेवाले ६ महिना मै काम गर्न छोडेको छ । जोरायल गाउँपालिका भित्रका ४५ वटा विद्यालयले 4G ब्रोडब्याण्ड इन्टरनेट बितरण तथा जडान गर्न गत असोज २५ गते ईन्टरनेट सेवा प्रदायक कम्पनी संग्रीला इन्फरमेटिक्स प्रा लि काठमाडौ संग सम्झौता गरेका थिए । सम्झौता भएको २ महिना पछि पुस १३ गते कम्पनीले विद्यालयलाइ ईन्टरनेट उपकरण प्रदान गरेको थियो ।

उपकरण दिए पछि सम्झौतामा उल्लेख भए अनुसार कम्पनीले एक बर्षको लागी आबस्यक पर्ने रिचर्ज शुल्क सहित जम्मा हुन आउने रकम प्रती विद्यालय रु ७३ हजार ९ सयका दरले विद्यालय बाट लिएको रत्न आ वि का शिक्षक उमेश कुमार साउँदले बताए । सम्झौता अनुसार गाउँपालिका भित्रका सम्पुर्ण ४५ विद्यालयहरुले रु ३३लाख २५ हजार ५ सय रुपैया ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई बुझाइएको उनले बताए।

 

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

विद्यालयले तिर्नुपर्ने सम्पुर्ण रकम तिरे पश्चात् गत पुस १३ गते कम्पनीले इन्टनेट संचालन उपकरण विद्यालयलाइ हस्तान्तरण गरि एकहप्ता भित्र संचालन गर्ने प्रतिबद्धता गरेको थियो । उपकरण बितरण गरि कम्पनी प्रतिनिधि जोरायलबाट फर्केको २ महिना बितिसक्दा समेत इन्टरनेट संचालन भएको थिएन । हप्ता दिनमा सुचारु हुने आश्वासन पाएका  ईन्टरनेट २ महिना बित्दैलाग्द समेत संचालनमा नआएर आलटाल भएको देखेपछि विद्यालयले कम्पनी विरुद्ध कानुनी उपचार खोज्ने तयारी गर्दै गर्दा मात्रै फल्गुन ७ गते ईन्टरनेट संचालनमा आएको नवदुर्गा आ वि केरावारिका प्रधानाध्यापक खगेन्द्र कडाँलले बताए ।

एक बर्षको रिचार्ज शुल्क सहित सम्झौता गरिएको ईन्टरनेट यस बर्षको भाद्र महिना सुरु भए संगै ६ महिना भित्रै सबै ४५ वटै विद्यालयमा काम गर्न छोडेको प्रतिभा आ वि गावरका प्रधानाध्यापक छत्र छेडालले बताए । उनका अनुसार यस बिषयमा अफुले पटकपटक फोन गर्दा कम्पनीको फोन नउठ्ने , उठिहालेमा आफुले कम्पनी छोडी सकेको या अन्य ब्यक्तिलाई फोन गर्न भनेर नम्बर दिने गरेको उनको गुनासो छ ।

यस बिषयमा हाम्रो athotkhabar.com ले कम्पनी प्रतिनिधि संग फोन गरेर बुझ्न खोज्दा सम्झौता अनुसारको रिचार्ज समय सकिएको भनेर कम्पनी पन्छिएको छ । तर विद्यालय र कम्पनी बिचको पहिलो सम्झौता कागजात हेर्दा सम्झौता मिति एकबर्ष पुग्न असोज २५ अझै डेढ महिना बाँकी छ । विद्यालयमा वास्तविक ईन्टरनेट संचालन र सेवा सुरु भएको समय फल्गुन ७ लाई हेर्दा ६ महिना मात्रै ईन्टरनेट चलेको देखिन्छ । रिचार्ज बाफतको रकम विद्यालय बाट एकबर्षको लिएको कम्पनीले ६ महिना मात्रै सेवा दिएर पन्छिन खोजेको छ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.