सन्त निरङकारि मण्डल दिपायल डाेटीले आज शनिबार दिपायलमा सत्संग कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रममा अछाम जिल्लाबाट आउनु भएका महात्मा हर्कबहादुर कुवरको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा विभिन्न भजन किर्तन तथा अनुभव साटासाट गरिनुका साथै दिपायलका स्थानीय महात्मा कैलास बागचनकाे जन्मदिन पनि मनाइएको छ ।उक्त कार्यक्रममा १ सय बढी भक्तजन साधक/साधिकाहरुको सहभागी सहभागीता रहेको थियो ।
बि स २०५९ सालमा डोटीको दिपायल बाट थालनी गरिएको निरङकारि मिशनले हाल विभिन्न सामाजिक,धार्मिक काम गर्दै आएको छ। मानवसेवामा समर्पित निरङकारि समाजले १५ सदस्यीय सेवादल गठन गरि जनसेवा गर्ने गरेको सेवादलका ईन्चार्ज नितेश बरालले बताउनुभयो । गठित सेवादलले विभिन्न समयमा सुजङ र शैलेश्वरि अस्पतालमा रक्तदान गर्दै आएको छ ।त्यसै गरि निरङकारि संस्थाले स्वयंसेवक परिचालन गरि विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको दिपायल सिलगढि नगर पालिका वडा नम्बर -४ का वडाअध्यक्ष अशोक बरालले बताएकाछन ।भारतीय सदगुरु माता सुदीक्षा जि महाराजकाे सत्संग अभियान हिजोआज विश्वब्यापी हुँदै गएको छ।