Cdo doti

आज कृष्ण जन्माष्टमी पर्व , विभिन्न कृष्ण मन्दिरमा भक्तजनको भिड

Ganupalika janapratinidi new
Karmachari jorayal ga paa shubhakaman
Gaupalilka sandesh shubhakamana

खेम खत्री ,डोटी :-   प्रत्येक बर्ष भाद्र कृष्ण अष्टमिका दिन मनाइने श्रीकृष्णजन्माष्टमी पर्व आज धुमधामले मनाउँदै छ ।आज भगवान श्रीकृष्णको पुजा आराधना गरि यो पर्व मनाइदै छ  । संसार भरका हिन्दु धर्मावलम्बीहरुले श्रीकृष्णका भक्तहरूले आज भगवान श्रीकृष्णको जन्मको अबसर पारेर  विभिन्न पूजापाठ गरेर मनाउछन।

हातमा मुरुली ,शिरमा मयुरको प्वाँख ,शितल बगैचामुनि , जिवजन्तुहरुको साथमा गोपिनीहरुको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा बिराजमान भगवान श्रीकृष्ण आजको दिन माया कंशको कैदमा रहेका पिता बासुदेव र माता देवकिको कोखबाट जन्म भएको मान्यता रहि आएको छ । कृष्णजन्माष्टमी लाई सात आठम , गोकुलष्टिम , अष्टमी , राहिनी ,श्री कृष्ण जयन्ती , श्री जयन्ती या कहिलेकाहीँ साधारण भाषामा जन्माष्टमी भन्ने चल्न रहिआएको छ ।

कृष्णजन्माष्टमीमा हिन्दुहरुले भगवान श्री कृष्णको पुजाआराधना गरि श्रद्धा  भक्तिपुर्वक मनाउँदै आरहेका छन ।  ज्ञानयोग कर्मयोग र भक्तियोगका प्रणेता  भगवान श्रीकृष्णको जन्म द्रापयुगमा हिन्दु पञ्चाङग अनुसार भाद्र कृष्णअष्टमिको  मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्णजन्माष्टमी मनाउने चलन रहिआएको छ ।  जन्माष्टमीका दिन पुजा आराधना प्रवचन , भजन – कृर्तन   साथै महिलाहरु व्रत बसी रातभर जाग्राम बस्ने चलन चलिआएको छ ।

अन्याय अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको  संरक्षण गर्न भगवान बिष्णुको आठौं  अबतारको रुमामा जन्मेका  श्रीकृष्णले आजिवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिय भन्न्र मन्यता रहेको छ । बाल्यकाल देखिनै आफ्ना बिचित्र  लिला देखाएका श्रीकृष्णले पुतना , कंस जरासन्ध शिशुपालजस्ता दानवि प्रवृत्तिको संहार गरदै आएको किंवदन्ती पनि पाइन्छन्  ।

जन्माष्मिका दिन पाटनको मंगलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । यसै अबसरमा काठमाडौं लगायत देशैभरका  विभिन्न धार्मिक संङघ संस्थाहरुद्रारा श्रीकृष्णको झाँकी सहिद शोभायात्रा निकाल्ने चलन रहि आएको छ । भारतमा समेत विभिन्न समुदायमा हिन्दु धर्मावलम्बीहरुले श्रीकृष्ण जन्माष्टमी हर्षोउल्लासका साथ मनाउने गर्दैछन् ।

vetnary doti sandesh
shubhakamana ghanteshwar campus
Leave A Reply

Your email address will not be published.