डिभिजन सडक जनचेतनामूलक सन्देश

डोटी सदरमुकाम सिलगढीमा धुमधामले मनाइयो डोलजात्रा

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

डोटी सदरमुकाम सिलगढीमा आज डोल जात्रा निकालिएको छ। कृष्णजन्माष्टमीको दोस्रो दिन कृष्णको रथ यात्रा निकाल्ने परम्परालाई यस वर्ष पनि डोटी सदरमुकाम सिलगढीमा निरन्तरता दिएको हो । कृष्णको रथयात्रालाई यहाँ डोल जात्रा भनिन्छ।आज विभिन्न मठ मन्दिरमा पूजा गरी भगवान कृष्ण र राधा प्रतिमूर्तिको नित्य नगर परिक्रममा गरिएको छ।

 

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

कंशको अत्याचारले सीमा नाघेपछि उनको नाशका लागि द्वापर युगमा भगवान विष्णुको नवौँ अवतारका रुपमा कृष्ण भगवान जन्मको खुशीमा सदियौँदेखि डोलजात्रा निकाल्ने गरिएको छ। खासगरी डोल जात्रालाई पनि हिन्दू धर्माबलम्वीले कृष्ण जन्माष्टमी जत्तिकै धुमधामसँग मनाउँछन्।

 

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

डोल जात्राको पछाडि एउटा पौराणिक कथा पनि छ।कुनै समय मेढासुर नाम गरेको एउटा ठूलो अत्याचारी र शक्तिशाली राक्षस थियो। राक्षस बृन्दावनवासीलाई विषेश रुपमा सताउने गर्दथ्यो।बृन्दावनवासीले भगवान् श्री कृष्णलाई त्यस अत्याचारबाट मुक्ति दिलाउन अनुरोध गरे। त्यसपश्चात श्री कृष्णले राक्षसको बध गरेर बृन्दावनवासीको रक्षा गरेका थिए भन्ने मान्यता रहिआएको छ। त्यसकारण उनीहरुले कृष्णको स्वागतका लागि राधिकासँग जुलुस निकालेर त्यसैको सम्झनामा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्ण र राधिकाको जोडीलाई झुलाएर डोल यात्रा गर्ने प्रचलन रहि आएको कथन छ।

 

डोटीमा हरेक बर्ष जात्रा मनाउने गरिन्छ । आज झाँकीसहित निस्किएको डोला जात्रा हेर्न जिल्ला सदरमुकाम सिलगढी क्षेत्रमा मानिसहरुको ठूलो भीड लागेको थियो ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.