परदेशिकाे आवाज …….

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

माननिय शिव सिङ ओलि (सुदुरपश्चिम प्रदेशसभा सदस्य डोटी “ख”)

मध्ये रातकाे समयमा ,सुनसान गल्लीमा म,
जाग्ते रहाे भन्दै पहरा दिई रहेको छु,,

पोषण खाजा सम्बन्धि सन्देश

प्रत्येक गल्लीका ढाेकामा,
सिटि र डण्डा बजाइरहेकाे छु,,

चाेर डाकासंग मुडभेड र सुरक्षा दिदै,
रातभरि परिवारको यादमा बिउँझि रहेको छु,,

चार महिना बित्दा पगार माग्न गल्ली गल्लिमा जादा म,
बहादुर कल आना भन्दै अपमान सहि रहेको छु,,

जिल्ला वन डोटी

डेरामा राष्ट्रियताकाे भाषण सुनेपछि ,
राेजिराेटिका लागि चाैकिदारि गरिरहेको छु,,

गणतन्त्र आयो अब विकास र सुशासन आयो भन्थे ,
नेता नै भ्रष्टाचारमा जेल गएको खबर सुनिरहेकाे छु,,

गाउँमै राेजगारि र अवसर आउछ भन्दै थिए ,
राम,दले र गैरे कामका लागि यतै आएको देखिरहेको छु,,

कसैले बनाउला र देश बन्ला भन्ने आसमा,
देशको विरुद्ध चौकिदारि गर्ने साेच बनाई रहेको छु,,

हामीलाई पराधिन बनाउन बाध्य पार्नेहरुहाे,
अब समाजवादी क्रान्ति गर्ने सपना देखिरहेको छु,,

(यो कविता  माननीय शिव सिङ ओली ज्युले प्रगतिशील लेखक सङ्घ नेपाल कैलालीद्वारा आयोजित स्रष्टा सिर्जना प्रस्तुति कार्यक्रम २०८१ साउन १२ गते प्रस्तुत गर्नु भएको हो ।)

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.