Cdo doti

प्रतिभा सामुदायिक पुस्तकालयले भब्यताका साथ मनायो राष्ट्रिय पुस्तकालय दिवस

Ganupalika janapratinidi new
Karmachari jorayal ga paa shubhakaman

कैलालीको, गोदावरी नगरपालिका वडा नं १ अत्तरिया स्थित  प्रतिभा सामुदायिक पुस्तकालयको आयोजना, अत्तरिया स्थित एभरेष्ट ऐकेडेमी तथा यार्ड नेपालको सह–आयोजनामा आज १७ औं राष्ट्रिय पुस्तकालय दिवस कार्यक्रम सम्पन्न भएको छ । १७ औं पुस्तकालय दिवसको उपलक्षमा कार्यक्रममा गोदावरी नगरपालिका स्तरीय अन्तर मा.वि.  वक्तृत्व कला (संगोष्ठी) कार्यक्रमको  आयोजना गरिएको थियो ।

 

पुस्तकालयका अध्यक्ष  पुष्पराज जोशीको सभापतित्व रहेको कार्यक्रमका प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्य मन्त्री माननीय सरस्वती खड्का रहनुभएको थियो । त्यसै गरेर कार्यक्रममा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय गीता चौधरी, अत्तरिया स्थित दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका  प्रमुख  नरेन्द्रबहादुर ऐर र अजयमेरु गाउँपालिका डडेल्धुराका उपाध्यक्ष श्री वसन्ती पाल रहनुभएको थियो । आजको भएको समारोहमा अत्तरिया क्षेत्रका जनप्रतिनिधिहरु, प्रतिभा सामुदायिक पुस्तकालयका संस्थापक सदस्यज्यूहरु, पुस्तकालयका दानदाता/आजीवन सदस्यहरु, व्यापारीहरु, शिक्षक, प्राध्यापक, विद्यार्थी, कर्मचारी, बुद्धिजिवी, कलाकार, महिला अधिकारकर्मी तथा सर्वसाधारण  को उपस्थिति रहेको थियो ।
उपस्थित सम्पूर्ण महानुभावहरुलाई संस्थाका कोषाध्यक्ष धर्मसिंह कुँवरले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव श्री राजबहादुर कडायतले गर्नु भएकोे थियो । प्रमुख अतिथि सु.प. प्रदेशसरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा आमन्त्रित विशिष्ट अतिथिज्यूहरुले पानसमा दीप प्रज्वलन गरी सरस्वती माताको फोटोमा फूल चढाई कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।

 

 

Unicef sandesh
Gaupalilka sandesh shubhakamana

कार्यक्रममा समग्र सु.प.प्रदेशको भाषा, कला तथा संस्कृतिको संरक्षणमा योगदान पुर्याए वाफत सुदूर चिनारी डोटेली द्वैमासिक पत्रिकाका प्रधान सम्पादक श्री एन.के. आनन्द लाई यस पुस्तकालयमा स्थापना गरिएको मुड्भरी साहित्य पुरस्कार–२०८० प्रदान गरिएको थियो  । त्यस्तै सु.प. प्रदेशको मौलिक संस्कृतिमा आधारित ड्यौडा लोक गायनमाको क्षेत्रमा शिष्ट एवम् सभ्य भाषा प्रयोग गरि उत्कृष्ट योगदान पुर्याउनु हुने कलाकार श्री दीर्घ फुलारालाई यस पुस्तकालयमा स्थापना गरिएको गणेश/शारदा स्मृति लोक साहित्य पुरस्कार–२०८० प्रदान गरिएको थियो ।

 

 

कार्यक्रममा गोदावरी नगरपालिका क्षेत्रका विभिन्न १४ वटा माध्यमिक विद्यालयबाट आएका विद्यार्थीहरुको लागि निर्धारित अन्तर मा.वि.स्तरीय वक्तृत्व कला कार्यक्रम सम्पन्न भएको छ । सहभागी विद्यार्थीहरुलाई आयोजक प्रतिभा सामुदायिक पुस्तकालयको तर्फबाट जन चेतानामूलक विभिन्न १२ वटा शीर्षकहरु पहिलेप नै संप्रेषण गरिएको थियो ।

सहभागी छात्र–छात्राहरुले छुट्याइएका शिर्षकहरु मध्येबाट आफै छानेर कुनै यौटा शिर्षकमा कुल ५ मिनेट बोल्ने व्यवस्था मिलाइएको पुस्तकालयले जनाएको छ । आज भएको उक्त कार्यक्रममा गोदावरी नगरक्षेत्र भित्रका कुल १४ वटा माध्यमिक विद्यालयहरुबाट सहभागी  सबै विद्यार्थीहरुलाई प्रमाणपत्र, यातायात खर्च वाफत रू.५ सय तथा अन्य उपहारहरु प्रदान गरिएको थियो ।

vetnary doti sandesh
shubhakamana ghanteshwar campus
Leave A Reply

Your email address will not be published.