धनगढीमा भोलि गाईजात्राको आयोजना हुने

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना

धनगढी : कैलालीको धनगढीमा भोलि गाईजात्रा हुने भएको छ। धनगढीस्थित एसटिएस सिनेमा हलमा धनगढी गाईजात्रा सो हुने भएको हो। भोलि साँझ ५ बजेदेखि ८ बजे सम्म सञ्चालन हुने गाईजात्रामा सुदूरपश्चिमका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू र धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिहरू सहभागी हुने छन्।

 

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

गाईजात्रा हेर्नका लागि पाँच सयको टिकट मूल्य निर्धारण गरिएको छ। गाईजात्रा सोमा राजनीति अस्थिरता, भाषा, कला, संस्कृति, विकृति, विसङ्गति लगायतका विभिन्न समसामयिक विषयवस्तु समेटिएको संयोजक सरस्वती भट्टले बताइन्। सोको माध्यमबाट दर्शकलाई वर्तमान समाजका विविध पक्षहरूको चित्रण प्रस्तुत गर्ने उद्देश्य रहेको उनले बताइन्।

 

समाजिक विकास कार्यालय

शनिवार पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त सोको टेलर पनि सार्वजनिक गरिएको थियो।
जसमा विविध विषयवस्तुहरूको झलक देखाइएको थियो। गाईजात्रा सो काठमाडौँ लगायतका क्षेत्रमा पहिले देखि नै हुने गरेको भए पनि धनगढीमा पहिलो पटक हुन लागेको हो। यसले समाजका विभिन्न पक्षहरूको चित्रण गर्ने र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

 

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.