✍️ बेद प्रकाश भट्ट -जोरायल गाउँपालिका ३ डोटी
हर कुनै बेला आराम नगरी सोचिरहन्छ ।
यो मन पापी छ अनेक थरि सोचिरहन्छ ।
मरिलानु के छ धन चाहिन्न भनि प्रबचन दिइन्छ ।
दान बाट धन बटुल्छ आफू अजम्बरी सोचिरहन्छ ।
गाह्रो परेको छ मान्छेलाइ बर्तमानमा जिउन
मरेपछिको नर्क र स्वर्ग नमरी सोचिरहन्छ ।
आफ्ना गल्तीहरु गल्ती हुन्नन मात्र अरुका मात्र
अर्काका राम्रा कर्म भन्दा खोट जिबनभरि सोचिरहन्छ।
ब्यापारी हो भन्न त किनेकै मुल्यमा दिन्छु भन्छ
सामान बेच्दा दोब्बर नाफाकै वरिपरि सोचिरहन्छ ।
यहाँ आफ्नो भनेको भय सब्लाइ राम्रो लाग्ने
उ बगलिमा छुरा राखेर देखावटी हरि सोचिरहन्छ