जोरायल १ तिलाचौरमा जारी गौरा पर्व मेला समापन

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

डोटीको जोरायल १ तिलाचौर जारी गौरा पर्व मेलाको आज समापन गरिएको छ । यही भाद्र १० गतेबाट शुरु भएको गौरा पर्व मेला तथा डेउडा खेल कार्यक्रमको आज समापन गरिने भएको हो । सात दिनसम्म सञ्चालन भएको गौरा पर्व मेलामा स्थानिय डेउडा कलाकारहरुका प्रस्तुतिका साथै विभिन्न विद्यालयका विद्यार्थी तथा दर्शकहरुको राम्रो सहभागिता रहेको गौरा मेला आयोजक खडक मल्लले जानकारी दिए।

 

 

सुदूरपश्चिममा मनाइने मुख्य पर्व गौरा यो बर्ष सकिएको छ । भाद्र कृष्ण पञ्चमीबाट शुरु भएको गौरा पर्व ठाउँ परिवेश अनुुसार फरक-फरक दिन समापन गर्ने गरिन्छ । हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मनाइने गौरा पर्व यो बर्ष भाद्र कृष्ण पक्षमा परेको थियो । भाद्र कृष्ण पञ्चमीका दिन बिरुडापञ्चमीबाट शुरु भएको गौरा अधिकांश ठाउँमा सेलाई सकिएको छ ।

अमुक्ताभरण सप्तमीका दिन भित्र्याएको गौराको बिदाईको दिन गौरा सेलाउने भन्ने चलन रही आएको छ । गौरा सेलाउनुअघि सुदूरपश्चिम लगायत काठमाण्डौ टुंडिखेलमा समेत देउडा खेल खेल्ने गरिन्छ। गौरा पर्वले सुदूरपश्चिमलाई नेपाल भरमा चिनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.