डिभिजन सडक जनचेतनामूलक सन्देश

टिकापुरमा विभिन्न कार्यक्रमको आयोजना गरि १५९ औं मोतीराम जयन्ती मनाइयो

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 

युवा कवि मोतीराम भट्टको १२९औं जन्म–जयन्तीको अवसरमा कैलालीको टिकापुर नगरपालिका वडा नं १ टिकापुर स्थित श्री टिकापुर सामुदायिक पुस्तकालयले सोमबार विविध साहित्यिक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा टिकापुर नगरक्षेत्र भित्रका विभिन्न विद्यालय तथा क्याम्पसबाट आएका विद्यार्थीहरुले आ–आफ्ना गीत, कविता तथा गजलहरु वाचन गरेका थिए ।

 

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

पुस्तकालयका अध्यक्ष श्री ताराप्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल सामुदायिक पुस्तकालय संघ, सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष तथा अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष श्री पुष्पराज जोशी रहेका थिए । त्यस्तै विशिष्ट अतिथिहरुमा टिकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री नरेश अवस्थी, टिकापुर बहुमुखी क्याम्पसका सह–प्राध्यापक डा.धनकृष्ण उपाध्याय तथा टिकापुर स्थित विरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका सह प्रधानाध्यापक डा. योगेन्द्र बजगाइ रहेका थिए ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

 

कार्यक्रमका टिकापुर नगरक्षेत्रका समाजसेवी, पत्रकार, कर्मचारी, तथा पुस्तकालय प्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । आज भएको कायक्रममा स्थानीय समाजसेवी श्री पुष्पहरि न्यौपानेले विविध विधाका ५५ थान उपयोगी पुस्तकहरु टिकापुर सामुदायिक पुस्तकालयलाई निःशुल्क प्रदान गरेको पुस्तकालयले जनाएको छ ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.