पुन्य गौतममाथि धारिलो हतियारले आक्रमण, निधार र टाउकोमा गहिरो चोट

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं। पुन्य गौतममाथि आक्रमण भएको छ । सोमबार राति सवा ९ बजेतिर गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित बाटोमा उनीमाथि आक्रमण भएको हो ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

आफू बस्ने घर अगाडि हिँड्दै गर्दा ४६ वर्षीय गौतममाथि आक्रमण भएको हो । धारिलो हतियार प्रहारबाट गौतमको टाउकाको पछाडितर्फको भाग र निधारमाथि गहिरो चोट लागेको छ ।

नेपाल मेडिकल कलेज अत्तरखेलमा राखेर उनीमाथ उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनी अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

गौतममाथि कसले किन आक्रमण गर्‍यो भन्ने विषय खुलिसकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.