
डोटी,। डोटीको जोरायल गाउँपालिका–४ देउथलामा श्रीमानद्वारा चिम्टा प्रहार गरी श्रीमतीको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सागर बोहराका अनुसार बुधबार बिहान घरायसी विवादका क्रममा चन्द्रबहादुर ओलीले आफ्नी श्रीमती अमृता ओली (अन्दाजी ४६ वर्ष)को पेटमा चिम्टाले प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी अमृता ओलीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो।उपचारकै क्रममा बुधबार साँझ ६:२० बजे चिकित्सकले अमृता ओलीलाई मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरीले श्रीमान चन्द्रबहादुर ओलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। उनी जगदम्बा आधारभूत विद्यालय, काफली, डोटीका राहत शिक्षक रहेको प्रहरीले जनाएको छ।घटनाको थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।



