गौरीगंगामा सामुदायिक बनभित्र भरुवा बन्दुक फेला

पुन्ना तालिम केन्द्र

कैलाली – कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–७ स्थित सुनपाल सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा भरुवा बन्दुक फेला परेको छ।

जिल्ला वन डोटी

ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी बरिष्ठ नायब निरीक्षक खेमराज पन्तको नेतृत्वमा, सामुदायिक बन समूहका पदाधिकारी, सब डिभिजन वन कार्यालय मसुरियाका कर्मचारी तथा स्थानीय उपभोक्ताको टोली वनमा खटिएको थियो। टोलीले सालको रूख ढलेको स्थानको जाँच गर्दा रूखको तल लुकाएर राखिएको अवस्थामा दुई वटा भरुवा बन्दुक फेला पारेको हो।

फेला परेका बन्दुकमध्ये एउटा पुरै अवस्थामा छ भने अर्को भाँचिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार ती बन्दुक चोरी सिकारीका लागि वनमा लुकाएर राखिएको हुन सक्ने सुनपाल सामुदायिक बन समूहका अध्यक्ष रामबहादुर सुनारले जानकारी दिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.