डोटीमा बाल सुधार गृहबाट भागेका ५२ मध्ये १७ जना नियन्त्रणमा

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी । डोटीस्थित बाल सुधार गृहबाट मंगलबार राति भागेका ५२ जना बाल बन्दीमध्ये १७ जनालाई फर्काइएको छ।

बाल सुधार गृहकी प्रमुख सानुमाया लिम्बुका अनुसार, नियन्त्रणमा परेकामध्ये केही आफैं स्वेच्छाले फर्किएका छन् भने केहीलाई अभिभावकहरूले बुझाएका छन्। त्यस्तै, केहीलाई प्रहरीले नियन्त्रणमा लिएर सुधार गृहमा पुनः बुझाएको जानकारी दिइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

हाल विभिन्न मुद्दामा सुधार गृहमा रहेका ३५ जना अझै फरार रहेका छन्। सुधार गृहमा ५३ जना बाल बन्दी बस्दै आएका थिए भने भाग्ने क्रममा एक जना मात्र भित्रै रहेका थिए।

प्रमुख लिम्बुले केही अभिभावकहरूले आफ्ना बालबालिकालाई आफैं फर्काउने प्रतिबद्धता जनाएको बताइन्।

देशभर जेन–जी आन्दोलनका क्रममा कैदीबन्दी भाग्ने घटनाहरू बढेसँगै डोटीस्थित बाल सुधार गृहका बाल बन्दीहरूले पनि मंगलबार सामूहिक रूपमा भागेका थिए।

फरार रहेका बालबालिकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.