
डोटीमा एकजना पुरुषको परालको टौवा बनाउने क्रममा लडेर मृत्यु भएको छ । जिल्लाको बडिकेदार गाउँपलिका ५ बुढाकोट ठुलागडाका अन्दाजी ४३ बर्षिया झकेन्द्र मल्लको आज मृत्यु भएको हो।

आज आइतबार बिहान साढे ११ बजेतिर सेरा खेतमा भएको पराललाइ रुखमा टौवा बनाउने क्रममा उनी लडेका थिए । टौवाबाट लडेर घाइते भएका झकेन्द्रलाइ स्थानीय मार्कोट स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको उनका काका नाता पर्ने स्थानीय राजेन्द्र मल्लले जानकारी दिए । उपचारका क्रममा उनले छाती दुखेको र समस्या भएको भने पछि थप उपचारका लागि धनगढी लैजाने तयारी गर्दै गर्दा दिउँसो साढे ३ बजे उनको मृत्यु भएको काका राजेन्द्रले बताए ।
राजेन्द्रका अनुसार मृतक मल्लका १ श्रीमती १ छोरा र ५ छोरी छ्न । गरिव किसान रहेका झकेन्द्र समाजसेवी मिलनसार र सहयोगी स्वभावका उनी समाजका हरेक सामाजिक क्रियाकलापमा अग्रसर हुने र निस्वार्थ सेवा लागि रहने स्वभावका ब्यक्ति थिए ।


