डोटीमा परालको टौवा बनाउने क्रममा लडेर एक जनाको मृत्यु

पुन्ना तालिम केन्द्र

डोटीमा एकजना पुरुषको परालको टौवा बनाउने क्रममा लडेर मृत्यु भएको छ । जिल्लाको बडिकेदार गाउँपलिका ५ बुढाकोट ठुलागडाका अन्दाजी ४३ बर्षिया झकेन्द्र मल्लको आज मृत्यु भएको हो।

जिल्ला वन डोटी

आज आइतबार बिहान साढे ११ बजेतिर सेरा  खेतमा भएको पराललाइ रुखमा टौवा बनाउने क्रममा उनी लडेका थिए । टौवाबाट लडेर घाइते भएका झकेन्द्रलाइ स्थानीय मार्कोट स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको उनका काका नाता पर्ने स्थानीय राजेन्द्र मल्लले जानकारी दिए । उपचारका क्रममा उनले छाती दुखेको र समस्या भएको भने पछि थप उपचारका लागि धनगढी लैजाने तयारी गर्दै गर्दा दिउँसो साढे ३ बजे उनको मृत्यु भएको काका राजेन्द्रले बताए ।

राजेन्द्रका अनुसार मृतक मल्लका १ श्रीमती १ छोरा र ५ छोरी छ्न । गरिव किसान रहेका झकेन्द्र समाजसेवी मिलनसार र सहयोगी स्वभावका उनी समाजका हरेक सामाजिक क्रियाकलापमा अग्रसर हुने र निस्वार्थ सेवा लागि रहने स्वभावका ब्यक्ति थिए ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.