कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा फेला

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

जिल्ला वन डोटी

कञ्चनपुर, लालझाडी गाउँपालिका–१ बिनवारीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। मृतकहरू रमेश्वर बडायक र उनकी पत्नी कमला बडायक हुन्। लालझाडी गाउँपालिका–१ का वडाध्यक्ष प्यारेलाल रानाका अनुसार, उनीहरू रातिको समयमा टाउँको फुटेको अवस्थामा भेटिएका हुन्।

घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरीको कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ। कञ्चनपुर प्रहरीको टोलीले पनि घटनास्थलमा अनुसन्धान जारी राखेको छ। प्रारम्भिक अनुमान अनुसार यो हत्या भएको देखिए पनि, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.