कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

कैलाली जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–५ लालबोजीबाट २२ वर्षीय रुपेश बिक र घोडाघोडी नगरपालिका–४ सिमथरी बस्ने २१ वर्षीय कुसल गिरी रहेका छन्। इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुरबाट संयुक्त टोलीले उनीहरूलाई १.७४० ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो।

जिल्ला वन डोटी

धनगढी उपमहानगरपालिका–१ त्रिवेणीघाटबाट पनि १८ वर्षीय किशोरलाई स्पास नामक १६ वटा ट्याब्लेटसहित अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

पोषण खाजा सम्बन्धि सन्देश

त्यसैगरी, बर्दगोरिया गाउँपालिका–४ मुडा बजारमा २३ वर्षीय सागर शाही र १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ट्रामाडोल १६५ क्याप्सुल, अबिल १४३ क्याप्सुल, दुई थान मोबाइल र ४५ हजार ५ सय रुपैयाँ नगदसहित इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार यी पाँचै जनालाई शुक्रवार नियन्त्रणमा लिइएको हो। प्रहरीले लागूऔषध कारोबार तथा दुरुपयोग नियन्त्रण गर्नका लागि नियमित रूपमा अपरेशन जारी राखेको जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.