कैलालीमा सुनचाँदीका गहना चोरी गर्ने व्यक्ति पक्राउ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

कैलालीको गोदावरी नगरपालिका वडा नं. १, अत्तरियामा चोरी कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।अत्तरियामा डेरा गरि बस्ने लक्ष्मी ठगुन्नाको डेराबाट सुनका गरगहना चोरी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला वन डोटी

यहि कार्तिक १६ गते बिहान करिब ५:१५ बजे लक्ष्मी ठगुन्नाको डेरा कोठाबाट सुनका गहना चोरी भएको भनी प्रहरीलाई फोन मार्फत सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा उक्त डेराबाट करिब ५०० मिटर पर रहेको पानीको  तालमा लुकेर बसेका २२ वर्षीय विज्ञान बस्नेतलाई फेला पारेको प्रहरीले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

बस्नेतको शरीर खानतलासी गर्दा ठगुन्नाको डेराबाट चोरी भएको भनिएका सुनका कानमा लगाउने झुम्का दुई थान, सुनको औँठी एक थान, सुनको नागिनी एक थान, सुनको लकेट एक थान, सुनको चन्द्रमा एक थान, र सुनको फुली एक थान फेला परेको प्रहरीले जानकारी दिएको छ।

चोरीमा संलग्न विज्ञान बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.