घरभित्र तीन जनाको शव फेला, श्रीमती र छोराछोरी हराएको निवेदनपछि अनुसन्धान जारी

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा एक त्रासदीपूर्ण घटना सार्वजनिक भएको छ। प्रहरी वृत्त बौद्धमा ३३ वर्षकी सीता दंगाल, १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिनाका नाबालक छोराको मृत अवस्थामा भेटिएको छ।

जिल्ला वन डोटी

कात्तिक १६ देखि बेपत्ता रहेका उनीहरूको खोजीको लागि ४९ वर्षीय पति कान्छा नगरकोटीले प्रहरीमा निवेदन दिएपछि अनुसन्धान अघि बढाइएको थियो। प्रहरीको टोलीले नगरकोटीको घरमा सडेगलेको अवस्थामा तीन शव फेला पारेको हो। शवहरू सुत्ने कोठामा सुतेकै अवस्थामा भेटिएको र ढोका भित्रबाट बन्द भएको पाइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

प्रारम्भिक अनुसन्धानअनुसार, सुत्ने कोठामा कोइला बालेर निस्सासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीका अनुसार, मृतक सीता र कान्छाबीच कहिलेकाहीं विवाद हुने गरेको थियो। मृतक सीता र अंशु उनीहरूको पहिलो विवाहतर्फका सन्तान हुन् भने कान्छाको पनि छुट्टै घरमा बस्ने एक छोरा रहेको बताइएको छ।

यो घटना शंकास्पद भए पनि हत्या भएको पुष्टि हुने प्रमाण हालसम्म फेला परेको छैन। शवको पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.